दुखद समाचार : नेपाली महिला एकता अधिकारीको इथियोपियन बिमान दुर्घटनामा मृत्यु

इनेप्लिज २०७५ फागुन २६ गते १८:४३ मा प्रकाशित

इथियोपियन बिमान दुर्घटनामा १ सय ५७ जना मृत्यु हुने यात्रीहरु मध्ये एकता अधिकारी नामक नेपाली महिलाको मृत्यु भएको खबर प्राप्त भएको छ । मृत्यु हुने उनि नेपालबाट इथोपियामा बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी) कार्यक्रम अन्तर्गत इथोपिया गएकी उनका परिवारका नजिकका आफन्तले ईनेप्लिजलाई बताएका छन् ।

उनि संगै अन्य ४ जना पनि उक्त टोलीमा रहेको जानकारी प्राप्त भएको छ । बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का प्रमुख डेविड बिस्लेले सामाजिक संजाल ट्वीटर मार्फत बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी)परिवार आज दुखित छ भनि ट्वीट गरेका छन् । उनले इथोपियन हवाई जहाजमा हाम्रो कर्मचारी पनि रहेको उल्लेख गरेका छन् । यस समयमा परिवारलाई पर्न गएको दुखदायी क्षणमा हामी सहयोग गर्न चाहन्छौ । उनीहरुका लागि प्रार्थना गर्न आग्रह समेत गरेका छन् ।

साथै बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी)बाट आधिकारिक रुपमा उनका परिवारलाई समबेदना पठाएका छन् । साथै परिवारलाई हार्दिक समबेदना तथा मृतक हुनेहरुमा सबैमा प्रार्थना गर्दछौ भनि उल्लेख गरेका छन् ।

हाल सम्म उक्त बिमान संस्थाले मृत्यु हुनेहरुको नामावली आधिकारिक रुपमा भने प्रकाशित गरेको छैन । उक्त बिमानमा सवार सबैको मृत्यु भएको छ । उक्त बिमान इथियोपिया बाट उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । मृत्यु हुनेहरुमा सर्वाधिक ज्यादा ३२ जना केन्याका नागरिकको मृत्यु भएको छ भने दोश्रोमा क्यानडाका १८ जना नागरिकको मृत्यु भएको छ । उक्त बिमान दुर्घटनामा ८ जना अमेरिकन नागरिकको मृत्यु भएको छ ।

उक्त बिमानमा अमेरिका ,इजिप्ट,चीन,इथोपिया,नेदरल्याण्ड,बेलायत,रुस,फ्रान्स ,भारत ,नेपाल र इटाली लगायत देशका नागरिकहरु रहेका थिए । उक्त बिमान ५ जना जर्मन नागरिक, ३ जना रुस अस्ट्रिया तथा स्विडेनका नागरिकको मृत्यु भएको छ । यसै गरि स्पेन ,इजरायल ,मोरोक्को तथा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको बिमान थियो । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३५ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ व्यवसायिक हवाई जहाज स्थानीय समय अनुसार विहान ८ :३८ मा उडेको तर दुर्घटना ८ बजेर ४४ मिनेटमा परेको थियो ।

विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए ।

प्रतिक्रिया