ताजा खबर (ब्रेकिङ्ग न्युज ): इथियोपियन बिमान दुर्घटनामा नेपाली महिलाको मृत्यु भएको आंशका

इनेप्लिज २०७५ फागुन २६ गते १५:५१ मा प्रकाशित

इथियोपियन बिमान दुर्घटनामा १५७ जना मृत्यु हुने यात्रीहरु मध्ये एक जना नेपाली महिलाको मृत्यु भएको बुझिएको छ । मृत्यु हुने उनि नेपालबाट इथोपियामा बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी) कार्यक्रम अन्तर्गत इथोपिया अन्य ४ जना संग गएकि थिइन् भन्ने जानकारी प्राप्त भएको छ ।

हाल सम्म उक्त बिमान संस्थाले मृत्यु हुनेहरुको नामावली भने प्रकाशित गरेको छैन । आधिकारिक रुपमा मृत्युहुनेहरुको नाम प्रकशित गर्न साथ हामी समाचार प्रकाशित गर्ने छौ ।

उक्त बिमानमा सवार सबैको मृत्यु भएको छ । उक्त बिमान इथियोपिया बाट उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । मृत्यु हुनेहरुमा सर्वाधिक ज्यादा ३२ जना केन्याका नागरिकको मृत्यु भएको छ भने दोश्रोमा क्यानडाका १८ जना नागरिकको मृत्यु भएको छ ।

उक्त बिमानमा अमेरिका ,इजिप्ट,चीन,इथोपिया,नेदरल्याण्ड,बेलायत,रुस,फ्रान्स ,नेपाल र इटालीका नागरिकहरु सवार गरेका थिए ।उक्त बिमान ५ जना जर्मन नागरिक, ३ जना रुस अस्ट्रिया तथा स्विडेनका नागरिकको मृत्यु भएको छ । यसै गरिस्पेन ,इजरायल ,मोरोक्को तथा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको बिमान थियो ।इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ व्यवसायिक हवाई जहाज स्थानीय समय अनुसार विहान ८ :३८ मा उडेको तर दुर्घटना ८ बजेर ४४ मिनेटमा परेको थियो ।

विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए ।विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो सामाजिक संजाल ट्विटरमार्फत दिएका थिए ।दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपिष्न एयरलाइन्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया