मंगलबार, वैशाख १० २०७६
काठमाडौं १५:५०
वासिङटन डिसी 06:05

ताजा समाचार : न्यू ह्यामशायरका ३६ बर्षिय दर्पण किरात राई माथि यौन उत्पीडनको आरोपमा पक्राउ,१५ वटा अभियोग

BREAKING NEWS

इनेप्लिज २०७५ फागुन २६ गते ३:०९ मा प्रकाशित

अमेरिकाको न्यु ह्यामशायरका ३६ बर्षिय दर्पण किरात राई माथि यौन उत्पीडनको आरोपमा प्रहरी द्वारा पक्राउ गरिएको ताजा समाचार छ । वादीका अनुसार राईले पीडितलाई चक्कु देखाई यौन आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

उनलाई १५ वटा अभियोग लगाइएको छ । उनलाई न्यू ह्यामशायरको कन्कोर्ड जिल्ला अदालतमा गत मार्च ६ तारिखमा हाजिर भएका थिए । उनि माथि दर्जनौ अपराधिक मुद्धा लगाईएको छ भने उनले पीडितको अनुमति बिना यौन दुर्ब्यबहार गरेको समयमा तस्बिर खिच्ने गरेको वादीले अदालतमा न्यायाधिस समक्ष उजुरी गरेका छन् ।

पक्राउ परे पछि पहिलो पटक उनि अदालतमा हाजिर भएका थिए । उनलाई यौन दुर्ब्यबहारको उत्तेजित दुराचारीको आरोपमा १५ वटा अभियोग लगाइएको छ । उनलाई एकै महिलालाई एक दशकको अवधि सम्म पटक पटक बलात्कार गरेको आरोप छ ।

न्यायाधिसलाई शहरका वादीको अनुरोधमा न्यायाधिसले किरात राई को थुन्ने परीक्षणलाई बिचाराधिनको लागी आदेश दिएका थिए । राईलाई मेरिम्याक काउन्टी कारागारमा थुनिएको थियो । उक्त समयमा उनि संग उनका वकिल थिएन ।

तर वादी स्टेभन एनड्रेस ले किरात राइले अझ पनि खतरा हुने छ किनकी उनले एक पिडित वयस्क भए पछि अगाडी आएर आफुलाई प्राथमिक बिद्यालय देखि नै दुर्ब्यबहार गरेको बताएकि थिइन् । राईलाई वादीले उक्त ठिटीलाई ग्रुमिङ्ग (अलंकरण) गर्ने र जबर्जस्ती बलत्कार गर्ने र आफूबाट मुक्त हुनु भन्दा पनि नियमित संचार सम्पर्कमा रही रहेको आरोप लगाएका छन् ।

उनलाई कन्कर्ड तथा बर्रिंगटनका प्रहरीले युएस मार्सल कार्यालयको सहयोगमा उनलाई रोचेस्टरमा मंगलबार बिहानलाई पक्राउ गरि हिरासतमा थुनिएको छ । प्रहरीले उनको घर घेरी उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ पछि कन्कर्डका प्रहरी सहायक सन फोर्डले उनको घरमा खोज गरिएको जनाएका छन् ।

अभियुक्त संग पीडितका तस्बिर तथा उनले त्यहि तस्बिरको लागी पीडितसंग बिगतमा भयादोहन (ब्लाक मेल ) गर्ने गरेको गत बुधबार दिउसो बताएका थिए । अभियुक्त रिले उक्त युवतीलाई सन् २००८ देखि २०१७ सम्म यौन दुर्ब्यबहार गरेका थिए । एक पटक उनलाई ठुलो चक्कु समेत देखाएका पीडित महिलाले बताएकी छिन् । किरात राई नेपालका  हुन् भने अधिकारीका अनुसार उनि अमेरिका छोडी नेपाल जाने तयारीमा रहेको बताएका छन् ।

प्रहरी विभागमा उनलाई राहदानी छोड्न आदेश दिएका छन् । साथै उनकी पूर्व पत्नीलाई पनि धम्कि दिने गरेको बताएका छन्। यदी अपराधी ठहर भएमा २० बर्ष कारागार हुने छ।

राई बिगतमा पनि घरेलु हिंसामा प्रकाउ परेका थिए । अदालतको अभिलेख अनुसार गत बर्ष सेप्टेम्बर २०१८ मा पनि उनलाई ३० दिन थुनामा राखिने आदेशलाई खारेज गर्दै २ बर्ष सम्म राम्रो ब्यबहार गर्ने र देखाउने भनि उनलाई छोडिएको थियो ।

समाचार :कन्कर्ड मोनिटर डटकम/

https://www.concordmonitor.com/Concord-police-sexual-assault-Rochester-man-arraignment-23934135

प्रतिक्रिया