मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:४४
वासिङटन डिसी 15:59

डीसीमा एसियाका केही देश संग मिलेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

इनेप्लिज २०७५ फागुन २६ गते १:५१ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको आसबर्न शहरमा अन्तर्राष्ट्रिय नारी दिवस सफलतापूर्वक सम्पन्न भएको छ । यस पटक डीसीमा एसियाली देश संग मिलेर मनाइएको छ । हरेक बर्ष मार्च ८ मा मनाइने अन्तर राष्ट्रिय नारी दिवस अमेरिकामा अधिकांश रुपमा सार्वजनिक बिदाको दिन मनाइने हुनाले मार्च ९ शनिबार मनाइएको छ ।

अमेरिकामा जन्मेका बालिकाहरुले नारी दिवसमा यसरी बेजोड प्रस्तुति गरे ( केसी डान्स सेन्टर का द्वारा प्रस्तुत )

Posted by Enepalese on Saturday, March 9, 2019

नारी दिवश ग्लोबल इकोनोमिक फोरम (जिईएफ) को पहल तथा डीसी क्षेत्रका केही संस्थाहरु ईण्डियन ईनटरनेसनल स्कुल, आबर निवर्स, रिफर्म एजुकेसन फर न्यू वल्र्ड तथा एनआरएन भर्जिनियाको सहकार्यमा आयोजना गरियो । जिईएफ वासिडटन डिसी महानगर क्षेत्रमा बसोवास गर्ने एसियाली आप्रवासीको संजाल हो ।

अन्तर्राष्ट्रिय नारी दिवस समारोह तथा कार्यशालामा घरेलु हिंसा सम्बन्धि एक वृतचित्र देखाइनुको साथै नन्दिनी, कृर्ति र लाउराको प्रस्तुती रहेको थियो । अधिवक्ता बन्दिता शर्मा दाहाल आप्रवासन बिषयमा चुनौती र आप्रवासीले ध्यान दिनु पर्ने विषयमा संक्षेपमा चर्चा गरेकी थिइन् । ग्लोबल इकोनोमिक फोरम (जिईएफ)कि अध्यक्ष इन्दिरा कुमारले सबैलाई स्वागत गर्दै नारी दिवस तथा आफ्नो संस्थाको बारेमा बताएकी थिइन् । उनले जागिर र तालिम सम्बन्धि पनि बोलेकी थिइन् ।

कार्यशालामा व्यक्तिगत वित्त तथा साना व्यवसायका बारेमा डीसी क्षेत्रका चर्चित नेपाली मूलका प्रमाणित जन लेखापाल (सीपीए ) हरि शर्मा तथा बिदेशी सिपिए रोजरले संक्षेपमा उक्त बिषयमा चर्चा गरेका थिए ।

शर्माले महिलाहरु बाइक (भटभटे)का दुई पाङ्ग्राहरू जस्तै हुन् जुन एक अर्का बिना कुनै महत्त्व हुदैन ।

शर्माले महिलाहरु बाइक (भटभटे)का दुई पाङ्ग्राहरू जस्तै हुन् जुन एक अर्का बिना कुनै महत्त्व हुदैन ।

उनले अगाडी भने महिलाहरुमा घरेलू हिंसा हुनुको कारण मध्ये एक महिलाहरु वित्तीय रुपमा पिछडिएको हो । शर्माले म सबै महिलाहरूलाई आग्रह गर्दछु कि म कसरी मेरो आफ्नो ख्याती (क्रेडिट )निर्माण गर्न सक्छु, कसरी सानो व्यवसाय, जागिरमा कसरी समान तलव ,स्थानीय एवं संघीय सहयोग कसरी प्राप्त गर्न सक्छु तथा सामाजिक सुरक्षा आदिको लागि कसरी योग्य हुन भन्ने बिषयमा सोच्न सुरु गर्नु पर्ने बताए ।

हामी सँधै हाम्रो समुदायलाई ठूलो सहयोग गर्न सक्छौं उनले भने । शर्माले समुदायमा अतुलनीय योगदान दिने सामुदायिक नेतृत्वहरुलाई प्रशंसा पत्र पनि वितरण गरे ।

कार्यशालाकि संयोजक तथा ग्लोबल इकोनोमिक फोरम (जिईएफ)कि शृजना उप्रेतीले आध्यात्मिक योगा स्वास्थ्य सम्बन्धि चर्चा गरेकी थिइन् भए ध्यान सबैलाई जरुरि हुने भएकोले ध्यान गर्न आग्रह समेत गरेकी थिइन् । यसै गरि ओशोका शिष्य सुवर्ण पन्तले ध्यान र योगको बारेमा संक्षेपमा चर्चा गरेका थिए ।

कार्यक्रममा आधा दर्जन भन्दा बढी एसियाली देशका नृत्यहरु प्रस्तुत गरिएको थियो । ग्लोबल इकोनोमी फाउन्डेसनका संचार नीति संयोजक यादव जोशीले यसरी नारी दिवस एसियाली देशहरु संग मिलेर मनाउनुको बिशेष महत्व रहेको बताए । कार्यक्रम संयोजक मन थापाले पनि नारी दिवस को बारेमा बोलेकी थिइन् ।

भर्जिनिया मा नारी दिवसमा अमेरिकामा जन्मेका बालबालिकाको बिशेष प्रस्तुति ;

Posted by Enepalese on Saturday, March 9, 2019

कार्यक्रममा डीसी क्षेत्रमा विभिन्न संघ/संस्थामा रहेर समाजमा राम्रो काम गर्ने तथा नारी दिवसलाई सहयोग गर्नेलाई सम्मान गरिएको थियो । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमला खरेल ,सान कि अध्यक्ष मंजु कार्की संग्रौला ,अधिवक्ता बन्दिता शर्मा दाहाल,बिनाखड्कालामा ,अम्बिका गुरुङ लगायतलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया