बिहीबार, भदौ ५ २०७६
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

इनेप्लिज २०७५ फागुन २६ गते १:०० मा प्रकाशित

काठमाडौं, २६ फागुन । काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् ।

आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो ।

दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् । धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

प्रतिक्रिया