पावर लिफ्टिंग लाई अध्यारोमा तीर हानेर बुझ्न सकिदैन ,बुझ्न किन जरुरी : स्वर्ण पदक बिजेता रुप कार्की

विजय थापा २०७५ फागुन २६ गते ०:४१ मा प्रकाशित

वाशिंगटन डिसी ,अमेरिकाको डिसी क्षेत्रमा एक दशक भन्दा ज्यादा समय देखि बस्दै आएका आइपीएल(भारत्तोलन )का स्वर्ण पदक बिजेता रुप कार्की बुटवलका हुन् ।

अन्तर्राष्ट्रिय चर्चित कार्कीले शरीर बनाउन कुनै औषधीको सेवन नगरेका (ड्रग टेस्टेड)समूह प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । अमेरिकाको अहिले सम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक कार्की एक मात्र भारत्तोलन खेलाडी हुन । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदक हासिल गरि सकेका छन् ।

कार्की गत बर्ष नेपालमा भारत्तोलन खेलको कमि भएको महसुस गरिएकोले गैरआवसीय नेपाली संघ अमेरिकाको सहजीकरणमा सिकेको शीप आफ्नो मातृभूमिमा सिकाउने उद्धेश्यले एक अत्याधुनिक र अन्तरराष्ट्रिय स्तरीय भारत्तोलन प्रशिक्षण दिने उद्धेश्यले कार्की नेपाल पुगेर अमेरिका फर्के ।

कार्कीले नोभेम्बर १९ ,२०१७ मा एटलान्टा आईपीएल ,इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता( अन्तर राष्ट्रिय भारत्तोलन प्रतियोगितामा )आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम बिश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।

ईनेप्लिजलाई पावर लिफ्टिंग लाई कसैले पनि अध्यारोमा तीर हानेर बुझ्ने कोसिस गर्नु हुदैन उनले भने । यस सम्बन्धि अझ पनि बुझाई नै आफूले फरक पाएको बताए । नेपालमा भारत्तोलन बुझे जस्तो अमेरिकामा यसलाई बुझ्नु हुदैन । आफूले यत्रो बर्ष तपस्या गरेकोले आफूले जानेको कुरा बुझ्न जरुरी ठानेको हुनाले ईनेप्लिज मार्फत बुझाउने प्रयास मेरो रहने उनले बताए ।

उनले भने एउटा खेलाडीले ३ वटा खेल खेले पछि जसले बढी अंक ल्याउछ उसले पदक हात पार्ने बताए । र ,यो पनि सानो ठुलो खेल सबै हुन्छ जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुन्छ ।

र अन्तर राष्ट्रिय जगतले मान्यता दिएका यी हुन् :

 

जस्तै अन्तरराष्ट्रिय मान्यता प्राप्त महासंघ (फेडेरेसन ) हुन् यो संसारका जुन ठाउँमा खेलाइञ्छ । यसमा जानको लागि पहिला उनीहरुको न्युनतम आवश्यकतामा योग्य हुनु पर्छ ।

उनले अगाडी भने यो भए पछि मात्र उसले आमन्त्रण गर्छ र अनि मात्र अन्तर राष्ट्रिय खेलकुदमा भाग लिन या जान पाइन्छ । अनि बल्ल त्यस खेलमा प्रतिस्प्रद्धा गरेर जिते पछि मात्र अन्तर राष्ट्रिय बिजेता हुन्छ उनले भने ।

त्यसमा उनीहरुको नियम हुन्छ भने । ओखति खाने ( ड्रग नन टेस्टेड )र ड्रग टेस्टेड (ओखति नखाने )खेल हुन्छ । उनले अगाडी भने ड्रग हो भने ड्रग संग खेलको प्रतिस्प्रद्धा गर्ने हॊइन भने ड्रग टेस्टटेड संग खेल्नु पर्ने हुन्छ उनले भने ।

यो आधिकारिक संजाल ( वेब साइट) बाट बिस्तृत जान्न पनि सकिन्छ भनि उनि यस बिषयमा चासो राख्नेलाई सहज हुने उनि बताउदछन । उनि भन्छन ,१ )स्क्वाट २ ) बेञ्च प्रेस र  ,३ ) डेडलिफ्ट गरेर ३ खेल लाई मिलाएर पूर्ण पावर लिंफ्टिंग प्रतिस्प्रद्धा भनिन्छ भने । अर्को कुरा यसमा उमेर र वजनको पनि श्रेणी हुने उनले बताए ।

उनले महत्वपूर्ण कुरा ईनेप्लिजलाई अरु राष्ट्रिय पावर लिफ्तिंग प्रतिस्प्रद्धामा जो कोहीले भाग लिन पाउछन भने । तर उनले बिशेष जोड दिदै भने अन्तरराष्ट्रिय पावर लिफ्तिंग प्रतिस्प्रद्धामा उनीहरुले न्युनतम आवस्यकता पुरा गर्नै पर्छ भने ।

अनि न्युनतम अपेक्षा पुरा गरे पछि मात्र त्यो प्रतिस्प्रद्धामा भाग लिन पाइने स्वर्ण पदक बिजेता कार्कीले बताए । उनि भन्छन सामाजिक संजालमा कसैलाई केही भ्रम हुन् सक्छ । त्यसको लागि आफू एक खेलाडी भएको हैसियतले जानकारी दिन आवस्यक ठानेको बताए ।

अझ पनि सामाजिक संजाल या कसैलाई यस बिषयमा जान्न चाहेमा म खुशी साथ बताउन सक्छु । तर पावर लिफ्टिंगको बारेमा भने अध्यारोमा तीर हान्ने प्रयास कसै बाट नहोस भन्ने मेरो चाहना रहेको बताए । इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिताको लागि आफु भविष्यमा आयरल्याण्ड जाने योजनामा रहेको बताए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया