मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२३
वासिङटन डिसी 08:38

क्रिकेटमा इंग्ल्याण्डद्वारा वेष्ट इन्डिजनमाथि शानदार जित

इनेप्लिज २०७५ फागुन २५ गते ९:५६ मा प्रकाशित

लण्डन, २५ फागुन । इंग्ल्याण्डले वेष्ट इन्डिजनमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जित दर्ता गरेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनको जित दर्ता गरेको हो ।

१८३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ११ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ४५ रन बनाउन सक्यो । वेष्ट इन्डिजका लागि शिमरोन हेटमायर र कार्लोस ब्रेथवेटले समान १०–१० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा १८२ रन बनायो । उसका लागि साम बिलिङ्गसले ८७ तथा जोए रुटले ५५ रन बनाए ।

वेष्ट इन्डिजले जवाफी ब्याटिङ्गमा बनाएको ४५ रन ट्वेन्ट–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो ।

प्रतिक्रिया