मंगलबार, चैत १२ २०७५
काठमाडौं ०२:१५
वासिङटन डिसी 16:30

हेर्नुहोस भलिबल सर्ट (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २४ गते १२:२५ मा प्रकाशित

भलिबल हातले बललाई हिर्काउँदै दुई टीमहरूबीच खेलिने एक परिचित खेल हो । एक टीममा ६ जना खेलाडीहुने गर्दछन् । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात्‌ दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ।

खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।

प्रतिक्रिया