भ्रष्टाचार बिरोधि अभियान्ता बनेका श्रम कार्यालयका उपसचिव प्रेम सन्जेल ले अदालतले गरेको फैसलाले आफुले लडाइ जितेको र न्याय पाएको अनुभुती भएको प्रतिक्रिया दिएका छन । जनता मालिक हो र कर्मचारी तन्त्र र राजनीतिक नेतृत्व नोकर हो भनेर नबुझे जनताले प्रतिकार गर्ने दिन आउने उल्लेख गर्दै ,सम्पुर्ण सेवा ग्राहीलाई घुस नदिन र कर्मचारीलाई घुस नखान उन्ले ठाडो निर्देशन दिएका छन । कार्यलयमा गोप्य सिसि क्यामेरा जडान गरिएको सुचना समेत सबैलाई गराएका छन ।
उन्लाइ श्रमकार्यलय बाट गरिएको गैरकानुनी सरुवा बिरुद्ध सर्बोच्च अदालत ले फैसला गरेपछी पुन श्रम कार्यलयमै सन्जेल हाजिर भएपछि श्रमकार्यलयका बिचौलियाहरु को भागा भाग भएको छ । सन्जेलले बिचौलियालाई श्रमकार्यलय हाता भित्र नछिर्न र छिरेको पाइए सिधै कार्बाही गर्ने सुचना टास गरेका थिए । भने बिमा कम्पनी र बैकिङ कारोबारका नाममा बाहिर सेवाग्राही सग चर्को मूल्य असुल हुने गरेको थाहा पाए पछि सन्जेल ले संबंधित बैक र बिमा कम्पनिलाइ ४ दिन भित्र आफ्नो कार्यलय श्रमकार्यलय भित्रै स्थापित गर्न निर्देशन दिएका छन ।
यसो भए सगै प्रती ब्यक्ती छ सय रुपैया बढी महसुल बुझाउदै आएका सेवा ग्राही ले अब बाहिर त्यो रकम बिचौलियालाइ बुझाउन नपर्ने र सेवाग्राहीलाई ठूलो राहत पुग्ने कुरा समेत उल्लेख गरे । सन्जेल कार्यलयमा पुन हाजिर भएको 3 दिनमै श्रम कार्यलय बिराटनगर चाह्यो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ भन्ने कुरा को नमुना बनेको छ।
प्रतिक्रिया