मंगलबार, जेठ ७ २०७६
काठमाडौं १९:००
वासिङटन डिसी 09:15

बाल्टिमोरमा क्याप्टेन रामेश्वर थापा तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीलाई स्वागत तथा सम्मान

इनेप्लिज २०७५ फागुन २४ गते २:०८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस चमेना गृहमा क्याप्टेन रामेश्वर थापा तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेष राज अधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ ।

अमेरिकाको भ्रमणमा रहनु भएका उद्यमी ,लेखक तथा क्याप्टेन रामेश्वर थापालाई महा बाणिज्यदूत प्रेम राजा महतले निम्तो दिए पछि बाल्टिमोरबासी नेपाली समुदायले स्वागत गर्नुको साथै भेटघाट गरेका थिए ।

उक्त अनौपचारिक भेटघाट कार्यक्रम तथा अमेरिकामा कामको दिन परेको भएता पनि उपस्थित भएका नेपाली समुदायलाई थापाले धन्यबाद दिनु भयो । केही घन्टाको बसाईमा थापाले केही देशका समसामयिक कुराहरु सुनाउनु भयो ।

साथै आफू नै संचार घर कै संचालक भएको हैसियतले संचार माध्यम र पत्रकारको भूमिका र वर्तमान समयमा सकारात्मक संदेश आम जनता जानु पर्ने कुराको चर्चा गर्नु भयो । वहाले अगाडी भन्नु भयो नकारात्मक समाचारले केही समय टिक्न सक्ला तर अन्तत्वगत्वा सकारात्मक संदेश भएमा यसले दिर्घकालिन रुपमा काम गर्ने बताउनु भयो ।

आफ्ना भनाईहरु राख्ने क्रममा वर्तमान प्रधान मन्त्रिले नेपाल बनाउने जुन सपना देख्नु भएको छ । र वहाले अघि सार्नु भएको दर्शन र दूर दृष्टि निकै राम्रो लागेको बताउनु भयो । साथै आगामी मार्च ११ मा सम्मानीय राष्ट्रपति विद्या भण्डारी आउदै हुनु हुन्छ भन्दै सयुक्त राष्ट्र संघमा ठुलो अवसर हुने बताउनु भयो ।

सम्बोधन समेत् हुने हुनाले सकारात्मक संदेश जानु पर्ने हुनाले सबै जना सहभागी हुन् अनुरोध गर्नु भयो । वहाले राज्यले प्रदान गरेको सुबिधा राष्ट्रपतिलाई दिदा नकारात्मक समाचार आउने बताउनु भयो । थापाले नेपाल प्रति यहाहरुले देखाउनु भएको चासो अभिरुचि को सराहना गर्नु भयो । कार्यक्रममा सहभागीहरुले थापासंग केही जिज्ञाशा पनि राखेका थिए ।

उक्त भेटघाट कार्यक्रम नेपाल हाउसका संचालक प्रेम राजा महतले नेपालका प्रसिद्ध व्यक्तित्व तथा राष्ट्रपति कार्यालयका बिशेष व्यक्तित्व द्वयलाई स्वागत गर्न पाउँदा हर्ष लागेको बताउदै समय नेपाल हाउसलाई दिनु भएकोमा धन्यबाद दिनु भयो ।

कार्यक्रममा प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य ,अभियन्ता कृष्ण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

 

क्याप्टेन रामेश्वर थापा, उद्यमी ,लेखक,अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष,हेलिकप्टर सोसाइटी अफ नेपालका अध्यक्ष ,सिम्रिक एयरलाइन्सका अध्यक्ष,नेपाल वायुसेवा सञ्चालक संघका पुर्व अध्यक्ष,हाइड्रो भिलेज प्रालिका अध्यक्ष हुनु हुन्छ ।

हालै संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको थियो भने सामान्य किसान परिवारमा जन्मेर हेलिकोप्टर पाइलट(बिमान चालक )देखि सफल उद्योगि हुनु हुन्छ ।

प्रतिक्रिया