शनिबार, माघ १५ २०७८
काठमाडौं १०:१२
वासिङटन डिसी 23:27

राष्ट्रपति ट्रम्पका पूर्व निर्वाचन अभियानका सभापति पाउल म्यानाफोर्टलाई ४७ महिनाको कारागार

विजय थापा २०७५ फागुन २४ गते ०:४७ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी पूर्व निर्वाचन अभियानका सभापति पाउल म्यानाफोर्टलाई अदालतले ४७ महिनाको कारागार सुनाएको छ । ६९ बर्षिय म्यानाफोर्टलाई करिव ४ बर्षको संघीय कारागारको लागि सजाय सुनाइएको हो । उनलाई वादीले १९ देखि २४ बर्षको सजाय होस् भनि सिफारिस गरेका थिए । यसैको आधारमा संचार माध्यम २४ बर्ष तथा आजीवन कारागार हुन् सक्ने समाचार प्रकाशित भएका थिए ।

सन् २०१६ को निर्वाचन अभियानका सभापति पाउल म्यानाफोर्ट अन्तत्वगत्वा कानुनको फन्दामा फसे। उनलाई गत बर्ष अगस्त २१ का दिन अभियोग सहित ८ वटा मुद्धामा दोषी ठहराइएको थियो । र सोही आरोप नै कायम रहेको छ ।

अदालत बाट ८ वटा अभियोग लगाइएका सन् २०१६ को निर्वाचन अभियानका पूर्व सभापति पाउल म्यानाफोर्टलाई राष्ट्रपति ट्रम्पले असल मान्छे भनि रहेका थिए ।

म्यानाफोर्टलाई गत बर्ष भर्जिनियाको संघीय निर्णायक समितिले दोषी ठहराएको थियो । उनलाई कर छलीको आरोपमा ५ ,बिदेशी बैंकको बारेमा प्रतिबेदन बुझाउन असफल भएको ,युक्रेनमा राजनैतिक सम्पर्क गरेको,आर्थिक खाता सम्बन्धि १ तथा बैंकको जालसाजी सम्बन्धि २ वटा गरि ८ वटा अभियोगमा दोषी ठहर अदालतले गरेको थियो ।

वादीले उनले अरबौ रुपैया बिदेशी बैंक खातामा लुकाएको र फजूल खर्च को जीवन शैली बिताएको समेत आरोप लगाईएको थियो ।आज न्यायाधिसले निर्णय सुनाउदा उनकी पत्नी तथा कैयौ पारिवारिक सदस्यहरु अदालतमा उपस्थित रहेका थिए । उनि अदालत कक्षमा पाङ्ग्रे कुर्शीमा पुगेका थिए ।

न्यायाधिस टिएस एलिसले कम्तिमा म्यानाफोर्टले ६० लाख बुझाउनु पर्ने तथा ५० हजार डलर जरिवाना तिर्नु पर्ने आदेश दिएका छन् । ४७ महिनाको कारागार पछि उनले ३ बर्ष सम्म सुपरिवेक्षणमा रहनु पर्ने छ ।

प्रतिक्रिया