कुलमान घिसिङ्गलाई अमेरिकामा स्वागत(भिडियो सहित )

विजय थापा २०७५ फागुन २३ गते १:३५ मा प्रकाशित

 

अमेरिकाको भ्रमणमा रहनु भएका नेपाल बिध्युय प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गलाई अमेरिकाको वाशिंगटन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनले आयोजना गरेको कार्यक्रममा घिसिङ्गलाई स्वागत गरिएको हो ।

घिसिङ्गलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट गरिएको थियो भने घिसिङ्गले आफु पेशाले अभियन्ता भएको र प्राधिकरण कै कर्मचारी रहेको भनि छोटो परिचय दिएका थिए ।

घिसिङ्गले सन् २०१० मा डिसी आएको भन्दै यस पटक आफ्नो दोश्रो भ्रमण रहेको बताएका थिए । उनि बिश्व बैंकमा भाग लिन आएको बताए । उनले बिगतमा अमेरिका विभिन्न राज्यबाट निम्तो आउने तर आफु समय अभावको कारणले भ्याईउदिन थे भने ।

उनलाई सहभागीहरुले ईमान्दारिता ,कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीहरुले गौरवको महसुस गरेका छन् र यस्तै रही रहोस भनि शुभकामना दिएका थिए । नेपाललाई उज्यालो बनाई दिनु भएकोमा धन्यबाद दिएका थिए । कार्यक्रम संचालन समाजका अध्यक्ष उत्तर लामाले गरेका थिए ।

डिसीमा कुलमान घिसिग लाई स्वागत तथा भेटघाट कार्यक्रमको प्रत्यक्ष प्रसारण : बिश्वराज थापा

Posted by Enepalese on Wednesday, March 6, 2019

अध्यक्ष लामाले सबैलाई स्वागत गर्दै घिसिङ्गलाई सबैका गौरब भन्दै यसलाई कायम राख्न अनुरोध गरे । हामी सबैको शिर ठाडो भएको छ भन्दै शुभकामना दिएका थिए । घिसिङ्गले आफ्ना कुराहरु हिस्सा गर्न दिनु भएकोमा सबैलाई धन्यबाद दिए । आफुले दायित्व निर्वाह मात्र गरेको हु । यसले आफुले धेरै हौशला पाएको बताए । जहा पनि बिदेश भ्रमणमा जाँदा कुनै स्थानमा बस्दा आफै तपाई कुलमान घिसिङ्ग हैन भनि परिचय माग्न आउँदा खुसि लाग्ने बताए ।

आफू नेपाल बिधुतिय प्राधिकरणको प्रवन्ध निर्देशक हुँदा आफ्नो पालामा परिणाम देखियो भने । म भन्दा अगाडी पनि काम नभएको भने हैन तर मेरो पालामा परिणाम आएको हो भने । उनले अगाडी भने कुलमान घिसिङ्गले एक्लै गरेको हैन भने । सबैको सहयोगले यस्तो परिणाम आएको बताए ।

आफू २४ औ घण्टा लागेको र आफ्नै काम भनि लाग्ने गरेको बताए । काममा आफ्नो स्वामित्व हुनु पर्छ अनि मात्र काम बन्ने बताए । घिसिङ्गले अगाडी भने तपाई जहाँ जे गर्नु हुन्छ त्यो स्थानको लागि फाइदा हुनु पर्छ भने ।

उनले एकले अर्कालाई विश्वास गर्ने अवस्था थिएन । सबै भन्दा महत्वपूर्ण कुरा विश्वास गर्नु पर्छ भने । घिसिङ्गले नेपाल बिद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक संग कसैको विश्वास थिएन भने ।

सही ठाउमा सहि मान्छे भन्दा सबै ठाउँमा सही मान्छे हुनु पर्छ भने । उनले लोड सेडिंग (अन्धकारमय बाट उज्यालोमय ) कसरी अन्त्य भएको बारेमा २-४ वटा कुरा गरे । उनले घाटामा गएको प्राधिकरण अहिले नाफामा आएको बताए ।

बिश्व बैंकले पोहोर पनि प्राधिकरण बारे बोल्दिनु भन्न बोलाएको थियो भन्दै यस पटक छोटो बोलेको बताए । अब बिद्युत आयात गर्ने हैन हामी बिद्युत निकासी गर्ने बताए । र बिद्युतलाई नेपाल भित्र अत्यधिक खपत गर्ने योजनामा रहेको बताए । उनले मेरो बल भनेको नै जनता हो भने । जनताको आफुलाई व्यापक समर्थन रहेको बताए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया