बिहीबार, भदौ ५ २०७६
काठमाडौं २२:११
वासिङटन डिसी 12:26

अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुले ‘ इन्जिनियर्स नाइट २०१९’ कार्यक्रम गर्ने

इनेप्लिज २०७५ फागुन २३ गते १:०१ मा प्रकाशित

वाशिंगटन डीसी ,अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुको संघले यस बर्ष पनि बिगत बर्ष झैँ इन्जिनियर्स नाइट २०१९’ नामक कार्यक्रम गर्ने भएको छ ।

आगामी मार्च १६ तारिख शनिबारका दिन उक्त कार्यक्रम भर्जिनियाको मकलिनमा गर्ने भएको छ । बिगत बर्षमा नेपाली नयाँ बर्षको सेरोफेरोमा अभियन्ता रात्री कार्यक्रम गर्दै आएको छ । यस पटक अलिक छिटो उक्त कार्यक्रम को आयोजना गर्ने अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स ,डिसी शाखाले जनाएको छ ।

यस पटक अभियन्ता रात्री बिगत बर्ष झैँ हर्सोउल्लास साथ संस्थाका पदाधिकारी ,सदस्य ,शुभ चिन्तक तथा आमन्त्रित अतिथिहरुको उपस्थितिमा ईन्जिनियर्स नाईट (रात्री)लाई मुख्य रुपमा मनोरंजन गर्ने अभिप्रायले गरिने शाखा अध्यक्ष उत्तम सेड़ाईले ईनेप्लिजका प्रतिनिधिलाई जानकारी दिएका छन् ।

बिगत बर्ष झैँ आमन्त्रित अतिथि ,बिशेष वक्ताहरुले शुभकामना संदेश समेत आदान प्रदान गर्ने छन् । इन्जिनियर्स नाइट २०१९ मा सांस्कृतिक कार्यक्रमको साथै संस्थाले गरेका गतिबिधि बारे चर्चा परिचर्चा समेत हुनेछ । मूलत मनोरन्जन ,भेटघाट कार्यक्रम रहेकोले संस्थालाई माया गर्ने ,यसका पदाधिकारी ,सदस्य तथा शुभ चिन्तक सबैलाई कार्यक्रममा सहभागी हुन् अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स अध्यक्ष उत्तम सेडाईले बताए ।

प्रतिक्रिया