आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:०२
वासिङटन डिसी 21:17

ट्रम्प नागरिकताको प्रस्न सम्वन्धि मुद्दा हारे

यादवराज जोशी २०७५ फागुन २२ गते २२:१७ मा प्रकाशित

सन् २०२० को जनगणनामा आम नागरिकसंग नागरिकता सम्वन्धि प्रस्न सोध्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा क्यालिफोर्नियाको अदालतले प्रतिवन्ध लगाएको छ । नदर्न डिस्ट्रिक्ट अफ क्यालीपोर्नियाका न्यायधिस रिचर्ड सिवर्गले बुधबार उक्त फैसला गरेको सिएननले जनाएको छ ।

आगामी जनगणनामा नागरिकता सम्वन्धि प्रस्न राख्ने बारे वाणिज्य सेक्रेटरी विल्वर रोसले उपयुक्त कारण दिन नसकेपछि ट्रम्पले उक्त मुद्दा हारेका हुन । मतदान अधिकार कानुनमा नागरिकताको प्रस्न सोध्ने काम सरकारको विभेदकारी काम भएको मुद्दाको फैसलामा उल्लेख गरिएको छ ।

वाणिज्य सेक्रेटरी विल्वर रोसले नागरिकताको प्रस्न समावेस गर्दा तथ्यांक विभागले प्राप्त गर्ने जनणनाको तथ्यांक थप परिस्कुत हुने बताएका छन् । तथ्यांक अझ पुरा र सत्यपरक हुने थियो, उनले भने ।

प्रतिक्रिया