लभ स्टेशनको ट्रेलरमा प्रदीप जसिताको यस्तो प्रेम वियोग

इनेप्लिज २०७५ फागुन २१ गते २३:२१ मा प्रकाशित

चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र लभ स्टेशनको ट्रेलर मँगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाईएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ ।

फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाईएको छ । अहिले लभ स्टेशनको ट्रेलरले दर्शकदेखि सञ्चारकर्मीसम्मबाट समेत प्रसँसा पाएको छ । यससाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । ट्रेलरलाई साहिल खानले काटेका हुन् ।

अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएकोे बताएका छन् । आफु र जसिताले पनि यसपटक लभ स्टेशनमा त्यतिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन् ।

यस पटक चलचित्र लभ स्टेशनमा आफैंले स्वराँकन गरेकी जसिताले पनि चलचित्र लभ स्टेशनसम्म आईपुग्दा आफ्नो काम अझ परिपक्क भएको प्रतिक्रिया पाएको बताएकी छिन् । आफु यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरु अभिनेताहरुसँग समेत काम गर्न इच्छुक रहेको यी अभिनेत्रीले बताएकी छिन् ।

यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेशनमा आफुले खुलेर काम गर्न पाएको अुनभव सो कार्यक्रममा सुनाए । अग्रज अभिनेता रमेश बुढाथोकीले पनि फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रसँसा गर्दै समग्र टिमले यसमा राम्रो काम गर्न सकेका छौं भने ।

लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफुहरुले समकालिन पुस्ताका लागि फिल्म तयार गरेको बताए । प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफुलाई पूर्ण साथ निकै रमाईलोसँग सुटिङसम्पन्न भएको बताए ।

बरिष्ट सँगीतकार शम्भुजीत बासकोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए । उनले यो फिल्म हिट हुने सिमेत दाबी गरे ।

यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्सले लभ स्टेशनलाई राम्रो बनाउन कुनै कम्प्रमाईज नगरेको बताए ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

प्रतिक्रिया