बुधबार, माघ ५ २०७८
काठमाडौं १६:११
वासिङटन डिसी 05:26

अमेरिकामा आँधिभूमरी बाट २३ जनाको मृत्यु ,न्यूयोर्क र बोस्टनमा भिषण हिमपात

इनेप्लिज २०७५ फागुन २० गते ११:५१ मा प्रकाशित

अमेरिकाको अलाबामा तथा जर्जिया राज्यमा आएको आँधिभूमरी( टोरनाड़ो) बाट २३ जनाको मृत्यु भएको छ । गत आइतबार गएको उक्त भुमरीले २३ जना को ज्यान लिएको हो । निधन हुनेहरुमा एकै काउन्टीको मात्र परेका छन् ।

बालबालिका सहित ओपेलिका शहर को ५ देखि ६ माइल्स को दुरीमा कम्तिमा १२ जनाको लास फेला परेको प्रहरीले जनाएका छन् । मृत संख्या अझ बढ्ने सक्ने अनुमान गरिएको छ ।

यसै गरि मुख्य राजमार्गका पुल खसेका छन् भने जीवन अस्तव्यस्त भएको छ । सन् २०११ मा २ सय भन्दा ज्यादा मानिसको ज्यान गएको थियो भने त्यस पछि को सबै भन्दा ठुलो गत मार्च ३ तारिखमा भएको हो । घाइते हरुलाई अस्पतालमा उपचारको लागि लागिएको छ । यसै बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामा क्षेत्र तथा वरपरका मानिस महान छन् भन्दै सावधानी तथा सुरक्षित बस्न संदेश दिएका छन् ।

यसै गरि आज बोस्टन तथा न्यू योर्कमा भिषण हिमपात हुने छ |  हिमपात सुरु भै सकेको छ । न्यू योर्क,न्यू जर्सी तथा बोस्टनका बिद्यालयहरु बन्द गरिएका छन् । अहिले सम्म उक्त क्षेत्रमा ५ सय भन्दा ज्यादा बिमानहरु रद्ध भएका छन भने न्यू जर्सीमा आपतकालीन घोषणा समेत गरिएको छ ।

कम्तिमा पनि यस क्षेत्रमा ६ देखि ८ इन्च सम्म पर्ने र कुनै अन्य स्थानमा यो भन्दा पनि ज्यादा पर्ने मौसम बिभागले जनाएको छ ।

स्रोत /तस्बिर ;सिएनएन

प्रतिक्रिया