आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 21:20

क्यालिफोर्नियाका अग्नि नियन्त्रकले गाडीको झ्याल फोडेको तस्बिरहरु किन सार्वजनिक गरे ?

भर्खर अमेरिका आएका नेपाली समुदायले पनि यो पाठ सिकौ

इनेप्लिज २०७५ फागुन १९ गते २२:१२ मा प्रकाशित

लस एन्जेलसको दक्षिण पूर्व स्थित एनाहाएम शहरका अग्नि नियन्त्रकले हाईड्रानन्ट बाट पानी निकाल्न गाडीको झ्याल फोडेको तस्बिरहरु जनचेतनाको लागि सार्बजनिक गरेका छन् ।

उनीहरुले सामाजिक संजाल मार्फत सार्बजनिक गरे पछि गाडीको छत माथि या गाडीको मुनि बाट पनि पानीको नली लैजान सकिन्थ्यो । सवारी साधनका धनिलाई अपमानित गरेको जस्ता टिप्पणी आए पछि क्यालिफोर्नियाका अग्नि नियन्त्रकले गत मंगलबार पुन ट्वीटर मार्फत अझ जन चेतना सबैमा पुगोस भन्ने चाहना राखेको छ । समुदायलाई बुझाउने कोसिस गरेको छ ।

अमेरिकाका शहर या गाउँमा आगो लाग्दा आकस्मिक रुपमा प्रयोग गरिने जमिन मुनी विस्तार गरिएका खानेपानीका ठूलो धारा लाई हाईड्रानन्ट भनिन्छ ।  ट्वीटर मार्फत आगो लाग्दा यस्ता पानीको नली भएका अगाडी सवारी साधन अढाउदा के हुन्छ ? अग्नि नियन्त्रकले ४ वटा तस्बिरहरु कारको पछाडीको सिसा फुटाएर पनि पानीको नली लागेर आगो निभाएका छन् ।

अग्नि नियन्त्रकले हामीले यस्ता तस्बिरहरु शिक्षा दिन प्रदर्शन गरेको हो भन्दै कसैलाई अपमानित गर्न हैन भनि स्पष्ट पारको छ । साथै किन कार(निजी बाहन) को झ्याल फुटाउनु पर्यो र माथि र मुनी बाट किन नलागिएको र यसो गरेमा काम नगर्ने समेत स्पष्ट पारेका छन् । नलीमा जोड्ने रबरको नली(पाइप) लाई पानी लान सिधा मार्ग (स्ट्रेट लाइन ) चाहिने बताएका छन् ।

जव सम्म आवश्यक हुदैन तब सम्म हामी कसैको सम्पति नष्ट गर्दैनौ भनेका छन् । स्मरण रहोस ,क्यालिफोर्नियाको यातायात बिभागले हाईड्रानन्ट रहेको ठाउँ बाट १५ फिट नजिक सवारी साधन न राख्न हस्तपुस्तिकामा स्पष्ट उल्लेख गरेको छ । यस्तो स्थानमा गाडी राखेमा अमेरिकामा राज्य अनुसारको उलंघन दण्ड पूर्जी तथा जरिवाना तिर्नु पर्छ ।

प्रतिक्रिया