बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:३६
वासिङटन डिसी 14:51

अलाबामा हराई रहेकी एघार बर्षिय बालिका मृत अवस्थामा फेला

इनेप्लिज २०७५ फागुन १९ गते २०:३२ मा प्रकाशित

गत शुक्रबार देखि अलाबामा हराई रहेकी एघार बर्षिय बालिकालाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । एम्बरली एलेक्सिस बार्नेट नामक उक्त बालिका अमेरिकाको पूर्वीय समय अनुसार गत शनिबार करिव ६:३० मा फेला पारेको डेकल्प काउन्टीका शेरिफ (प्रहरी) निक वेलडेनले जानकारी दिएका छन् ।

बार्नेट गत शुक्रबार करिव ६ बजे राती अलाबामाको उत्तरपूर्व माउन्ट भरनन कम्युनिटी(समुदाय)मा देखिएको प्रहरीले जनाएका छन् । उनलाई अर्को दिन शनिबार ६:३० बजे फेला पारेको जनाएता पनि कुन ठाउँमा फेला पारेको भन्ने सार्बजनिक गरिएको भने छैन ।

साथै प्रहरीले मृत्युको कारण तथा अन्य बिषयमा पनि अनुसन्धान भै रहेकोले पत्रकारले राखेका जिज्ञाशालाई उत्तर भने दिएका थिएनन् ।

उनि ६ बजे हराउने बित्तिकै उनलाई प्रहरीले ७ बजे देखि व्यापक खोजि गरेको थियो । अलाबामाका मानव श्रोत वृद्धि गर्नुको साथै अहोरात्र अन्य काउन्टी सम्म पनि खोजेको जनाएका छन् ।

माउन्ट भरनन समुदायका एक बासिन्दाले यस्ता घटना उक्त समुदायक दुर्लभ हुने संचारकर्मीलाई बताएका छन् ।

स्रोत ; सीएनएन
तस्बिर ;फेसबुक

प्रतिक्रिया