भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समूह गठन

इनेप्लिज २०७५ फागुन १८ गते ९:०९ मा प्रकाशित

सुर्खेत, १८ फागुन । वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो ।

जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भन्नुभयो, “घुस माग्ने र दिने दुबैको खबरदारी गर्दै राष्ट्रसेवक कर्मचारी हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गरौं।” उक्त शाखाका सूचना अधिकारी मेघनाथ सापकोटाले यस समूहलाई आयोगले वार्षिक रु एक÷एक लाख बजेट सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो ।

प्रतिक्रिया