बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:३५
वासिङटन डिसी 14:50

सामाजिक सरोकारको विषयमा सूचना :ANS (ए एन एस) मा चरम गुटबन्दी

इनेप्लिज २०७५ फागुन १८ गते ३:२१ मा प्रकाशित

ANS (ए एन एस) मा चरम गुटबन्दी; कोषाध्यक्ष शुभ शाक्यद्वारा राजिनामा; मिलेर काम गर्ने संस्कारको कमि जिम्मेबार !

ए एन एस (अमेरिका नेपाल सोसाइटी) को प्रथम उपाध्यक्षको नाताले म हाम्रो साझा धरोहर यस संस्थालाई बचाउन अमेरिकाबासी सम्पूर्ण नेपाली समुदाय (बिशेष गरेर डीसि, भर्जिनिया, र मेरिल्याण्ड क्षेत्रमा बस्ने) मा हार्दिक सहयोगको अपिल गर्दछु ।

अमेरिकामा प्रबासी नेपालीहरुको सबैभन्दा जेठो यो संस्था आज धरापमा परेको छ । र, आज, यस संस्थासँग कुनै पनि रुपले आबद्ध हुनु हुने सम्पूर्णले गम्भिर हुने अवस्था आएको छ ।

मैले धेरै कुरें; अब त अति नै भो; बोल्नुपर्यो बा !

बर्तमान कमिटी यती बिशाक्तरुपले बिभाजित छ कि, भर्खरै सम्पन्न एउटा बैठकमा केहि सदस्यले त मलाई राजिनामाको समेत सुझाब दिने हिम्मत गरे । यस्तै निर्लज्ज चलन देखी दिग्दार भएर होला कोषाध्यक्ष शुभ शाक्यले पदबाट राजिनामा दिनु भएको खबर भर्खरै मात्र मैले पाएको छु । यस बारेमा छलफलगर्न कार्यसमितिको बैठक तुरुन्त बोलाईयोस भन्ने माग गर्दछु ।

ए एन एस यहाहरुको संस्था हो; मैले त केहि समयको निम्ति जिम्मेबारी लिएको मात्र हो; संस्थामा कसैबाट मनोमानी भएमा यहाहरु आफुपनि चनाखो हुनुपर्ने होइन र ? आज त्यहि सहि बेला आएको छ।

डा. बिष्णु घिमिरे
वरिष्ठ उपाध्यक्ष,
अमेरिका नेपाल सोसाइटी (ए. एन. एस.)
वाशिंगटन डि. सि.

प्रतिक्रिया