नेकपा संसदीय दलको आकस्मिक बैठक बस्दै

इनेप्लिज २०७५ फागुन १७ गते ११:२९ मा प्रकाशित

काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको आकस्मिक बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा  केहीबेरपछि बैठक बस्ने तयारी भइरहेको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्नेछ ।

यसअघि बिहान दुर्घटनमा परि निधन भएका सातै जनाको शव टुँडिखेलमा राखेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए ।

मन्त्री अधिकारीको शव आजै गृहजिल्ला पोखरा लगिएको छ । अहिले उनको शव पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । अधिकारीको आजै पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया