पाकिस्तानले दुई भारतीय लडाकू विमान खसालेको दाबी ,बिमान चालक समेत पक्राउ गरेको तस्बिर सार्बजनिक

इनेप्लिज २०७५ फागुन १५ गते ११:४६ मा प्रकाशित

पाकिस्तानले दुई भारतीय लडाकू विमान खसालेको दाबी गरेको छ । बिमानको भग्नावेस र समातिएका बिमान चालकको समेत तस्बिरहरु सार्वजनिक गरेका छन् । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले सामाजिक संजाल मार्फत ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको जानकारी दिएका छन् ।

उता पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन्, ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमाभित्र बसेर नियन्त्रण रेखाको अर्कोतर्फ बमबारी गरेको छ ।’

यता भारतले मिग जी २१ लडाकु बिमान हराएको र बिमान चालक हराएको बताएको छ । पाकिस्तानी प्रधान मन्त्रि इमरान खानले दुवै तर्फ ले हातहतियार सम्बन्धि गलत अनुमान गर्नु नहुने बताएका छन् ।

१९४७ देखि भारत स्वतन्त्र भए देखि हाल सम्म पाकिस्तान र भारत कश्मिर को बिषयलाई लिएर ३ पटक युद्ध गरि सकेका छन् ।

समाचार :बीबीसी /तस्बिर एएफपी

प्रतिक्रिया