शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:१९
वासिङटन डिसी 08:34

काँग्रेस आपतकालको बिरोधमा

हाउस अफ रिप्रिजेन्टेटीभमा मंगलबार मतदान

यादवराज जोशी २०७५ फागुन १४ गते १८:१२ मा प्रकाशित

अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभले राष्ट्रपति ट्रम्पको राष्ट्रिय आपतकाल हटाउने तयारी गरेको छ । मंगलबार हाउसमा राष्ट्रिय आपतकाललाई अवरोध गर्ने प्रस्तावमा मतदान हुदैछ ।

मेक्सिकोसंगको दक्षिणी सीमामा आपतकालको अवस्था नभएको तर राष्ट्रपति गैरकानुनीरुपमा शक्ति हत्याउन आपतकाललाई प्रयोग गरेको आरोप प्रस्तावमा छ । टेक्सासका डेमोक्र्याट सांसद ज्याक्विन क्यास्ट्रोले प्रस्तुत गरेको उक्त प्रस्ताव हाउस र सिनेटबाट पारित भए अर्को साता राष्ट्रपति समक्ष पुग्नेछ । उक्त प्रस्तावलाई राष्ट्रपतिले विशेष अधिकार प्रयोग गरी असफल बनाउने सम्भावना अत्याधिक छ ।

राष्ट्रिय आपतकालको सान्र्दभिकताको विषयमा रिपब्लिकन सांसद विभाजित छन् । रिपब्लिकन सांसदको एउटा समुह दक्षिणी सीमामा आपतकालको स्थिती नभएको विश्वास गर्छन । सोमबार ३५ जना पूर्व रिपब्लिकन सांसदले आपतकालको विरोध गर्दै संसदलाई कदम चाल्न अनुरोध गरेका थिए । यस्तै ६५ भन्दा बढी पूर्व सीमा सुरक्षकले पनि दक्षिणी सीमामा कुनै आपतकाल नभएको बताएका थिए ।

हाउस अफ रिप्रिजेन्टेटीभका सभामुख न्यान्सी पेलोसीले आपतकाल राष्ट्रपति ट्रम्पले शक्ति हत्याउने हथकण्डामात्र भएको बताएकी छिन । ट्रम्पको यो कदम हाम्रा संविधान निर्माताले परिकल्पना गरेको शक्ति सन्तुलनको सिद्धान्तको विरुद्ध छ , उनले भनिन, यो सीमाको विषय होईन, संविधानको रक्षाको विषय हो ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेला दक्षिणी सीमामा पर्खाल लगाउने मुद्दा जोडतोडले उठाएका थिए । सिनेटमा मतदान भएका त्यहाँ रिपब्लिकन सांसदले पनि आपतकालको विरोध गर्ने अनुमान गरिएको छ । यो आपतकाल हुदै होईन, दक्षिणी सीमामा पर्खाल लगाउने विषयमा टिप्पणी गर्दै रिपब्लिकन सांसद सिन डफीले भने ।

राष्ट्रपति ट्रम्पको आपतकाललाई विभिन्न समुहले अदालतमा चुनौति दिइसकेका छन् । यस्तै आपतकालविरुद्ध १६ राज्यका गर्भनरले संयुक्तरुपमा अदालतका मुछा दायर गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्प उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गर्ने वार्ताका लागि भियतनामको हनोई पुगेका छन् । उत्तर कोरियाली राष्टरपति किम जोड. उनसंग ट्रम्पले भोली वार्ता गर्नेछन् ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया