शुक्रबार, माघ ७ २०७८
काठमाडौं १९:४५
वासिङटन डिसी 09:00

एनआरएन अमेरिकामा नेतृत्वको लागि होडवाजी चल्दै गर्दा वाल्टिमोर नेपाली समुदायको नेतृत्व निर्विरोध

बानामा आगामी नेतृत्वमा सुबोध पन्त

विजय थापा २०७५ फागुन १४ गते २:०२ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को आगामी कार्यकाल २०१९/२०२२ को लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले नेतृत्व लिने भएका छन् ।

गत फेब्रुअरी २४ तारिख साँझ ५ बजे सम्म निर्वाचन आयोगलाई उम्मेदवारी मनोनयन पत्र बुझाउनु पर्ने रहेकोमा उक्त समय सम्म अध्यक्ष पदको लागि पन्तको नाम मात्र एकल परेको हुनाले उनि आगामी सन् २०१९-२०२२को लागि अध्यक्ष पदमा निर्बिरोध (आधिकारिक घोषणा हुन वॉकी )भएका छन् ।

नेपालमा लम्जुङ्ग राईनास नगरपालिका घर भै हाल बाल्टिमोर मै बसोबास गर्ने पन्त अमेरिका प्रवेस गरेकै दिन वानाको साधारण सदस्यता लिएका थिए भने १३/१५ को कार्यसमिति सदस्य ,१५/१७ को सदस्य वृद्धि निर्देशक तथा १७/१९ का वरिष्ठ उपाध्यक्ष सुबोध पन्तले अन्तत्वगत्वा आगामी कार्यकालको लागि अध्यक्ष पदको नेतृत्व लिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार महासचिव वाहेक अरू पदमा सबै निर्विरोध भएका छन् । आगामी फेब्रुअरी २७ तारिख साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय राखिएकोले उक्त महा सचिव पदमा पनि समझदारी हुने सम्भावना बढेर आएको बाल्टिमोरबासीहरु बताउदछन ।

सन् २००५ मा स्थापित बाल्टिमोरको छाता संगठन (बाना) को रुपमा रहेको बानाले स्थापना काल पछि प्रजातान्त्रिक पद्धति अंगाल्दै निरन्तर प्रतिस्प्रद्धात्मक निर्वाचन झेल्दै आएता पनि १४ बर्ष पछि सबै जसो पद निर्बिरोध हुन् पुग्नुले अमेरिकाका सबै नेपाली समुदायलाई राम्रो संदेश दिन सफल भएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरुले अब बाना बाट सिक्नु पर्ने अवस्था आएको छ । बाना उदाहरण बनेको छ । अमेरिका कै सर्वाधिक क्रियाशील सामाजिक संस्था मध्ये कै एक तथा आफ्नै सामुदायिक भवन समेत रहेको गैर मुनाफा सामाजिक संस्था बानामा यसरी जन घनत्व दिनहु दिन वृद्धि हुदै गएता पनि निर्वाचनमा निर्बिरोध हुन सक्नुले अझ यस संस्थाको छवि र गरिमा बढेको छ ।

यसरी सामाजिक संस्थामा नेतृत्वको लागि अस्वस्थ प्रतिस्प्रद्धा हुनु राम्रो मानिदैन । समाज सेवामा पदको महत्व भन्दा पनि योगदानको महत्व तथा कदर हुने हुनाले समाज सेवामा अस्वस्थ प्रतिस्प्रद्धा नहोस भन्नको लागि संस्थाका संस्थापकहरु ,मार्गदर्शक ,संस्थाका मेरुदण्ड पूर्व अध्यक्षहरु ,वर्तमान अध्यक्ष ,पूर्व पदाधिकारीहरुले अभिभावककीय भूमिका निर्वाह गरे पछि यसरी निर्विरोधको प्रतिफल आएको हो ।

सामाजिक सेवामा अग्रज भनेका प्रेरणाका श्रोत हुन् ,उनीहरुको योगदानलाई कहिले भुल्न हुदैन । बानामा यस्तै अभिभावकहरुको भूमिका तथा उनीहरुको भिजन (दर्शन)अनुरुप दिर्घकालिन रुपमा बाना संस्थागत होस् । बाना सबैको सांझा तथा छाता संगठन होस् भन्ने चाहना राख्ने संस्थाकि वर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त,पूर्व अध्यक्षहरु,सामाजिक अभियन्ताहरु, पूर्व महासचिव तथा हाल प्रवासी नेपाली मंच अमेरिकाका केन्द्रिय अध्यक्ष प्रभु थापा लगायतले यसरी निर्विरोध बनाउन चौतर्फी काम गरे पछि यस्तो परिणाम आएको छ ।

आगामी फेब्रुअरी २७ का दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ । मार्च १७ मा उम्मेदवारहरुको परिचय हुने छ भने मार्च २४ का दिन निर्वाचन हुने छ ।

बानामा करिव ५ सय जति आजीवन सदस्य तथा करिव १ हजार मतदाताहरु रहेका छन । ईनेप्लिज परिवारको तर्फ बाट सुबोध पन्तलाई अग्रिम बधाई तथा वर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त लाई धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया