शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:२७
वासिङटन डिसी 21:42

स्व एन्जिल तथा सुबिदको अन्तिम संस्कार -फेब्रुअरी २५ का दिन हुने

इनेप्लिज २०७५ फागुन १३ गते ११:४४ मा प्रकाशित

गत शनिबार फेब्रुअरी १६ तारिखका दिन अमेरिकाको भर्जिनियाको राजमार्ग २८ मा दुर्घटनामा परि अल्पायुमै ज्यान गुमाएका स्व द्वय एन्जिल गोदार थापा तथा सुबिद सिंह को अन्तिम संस्कार -फेब्रुअरी २५ ,२०१९ का दिन हुने भएको छ ।

आज फेब्रुअरी २५ ,सोमबार बिहान ८;३० अन्तिम संस्कार हुने भएकोले उपस्थितिको लागि सबैमा अनुरोध गरिएको छ । दाह संस्कार भर्जिनियाको डेल सिटि (शहर) मा हुने भएको छ ।

अन्तिम संस्कार हुने स्थान :

4143 Dale Blvd, Dale City, VA 22193

यसै गरि अपरान्ह ४ देखि ६ बजे सम्म दुर्गा मन्दिरमा हुने शोक सभा समेत राखिएको जानकारी गैर आवसिय नेपाली संघ भर्जिनिया शाखा(NRNA VIRGINIA CHAPETR) ले जनाएको छ ।

शोक सभा हुने स्थान :

Durga Temple, 8400 Durga Pl, Fairfax Station, VA 22039 

प्रतिक्रिया