शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:३८
वासिङटन डिसी 11:53

युएईमा नेपाली कराते खेलाडिहरुको शानदार प्रदर्शन

इनेप्लिज २०७५ फागुन १२ गते ३:०० मा प्रकाशित

युएईमा नेपाली कराते खेलाडिहरुको शानदार प्रदर्शन भएको छ । गत फेब्रुअरी २२ का दिन युएईको शारजहाँमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगिता नेपाली कराते खेलाडीहरुले राम्रो प्रदर्शन गरेका हुन् ।

उक्त प्रतियोगिता युएई कराते संघको आयोजनामा भभएको थियो । खेलमा युएई भित्रका विभिन्न कराते कल्वहरुले ले सहभागी जनाएका थिए । उक्त खेलमा नेपाली प्रवासी शितोरियो कराते टोलिले पनि सहभागी लिएको थियो ।

खेलमा ५ जना खेलाडीहरुले शानदार खेल प्रदर्शन गरेका थिए । रोजि ओझा- एकल काताँ र कुमित्तेमा प्रथम भएकी छिन् । उत्तम गुरुङ कातामा दोश्रो,लक्ष्मण मगर प्रथम ,नवराज श्रेष्ठ दोश्रो तथा सरोज निरौला दोश्रो भएका थिए।

उक्त खेलमा नेपाली टोलिबाट रामु सुनार र प्रेम श्रेष्ठले रेफ्रीको भूमीका गरेका थिए। सुस्मिता निरौला र सुनिता श्रेष्ठले टाेलीको कोच र व्यवस्थापन गरेका थिए ।
प्रवासी शितोरियो करातेका महासचिव रामु सुनार ( राजिव ) ले उक्त खेलको नतिजाको जानकारी दिएका हुन् ।

प्रतिक्रिया