सुलभ लोहनीले लिएर आए नेपालमा मोनो रेल मेट्रो रेल (भिडियो )

इनेप्लिज २०७५ फागुन ११ गते ३:२८ मा प्रकाशित
नेपालमा रेल आउने कुरा राजनीतिक दलका नेता बाट धेरै पटक भएका  छन। बेला बखतमा रेल आउने बारेमा चर्चा र बहस भए पनि वास्तविकतामा रेल भने अहिलेसम्म आएको छैन। गीत संगीत समाजको दर्पण हो भनिन्छ देखेका भोगेका कुराहरु गीतका संगीतका माध्यम बाट कलाकारहरुले प्रस्तुत गरिरहेका हुन्छ्न।
गायक सुलभ लोहनीले  मोनो रेल र मेट्रो रेल बोलको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गरेका छन। यस गीतमा शब्द , संगीत र स्वर स्वयम् गायक सुलभ लोहनीको रहेको छ। गीतको एरेन्जमेन्ट चेतन कार्कीले गरेका हुन भने सुनिता मल्लले यस गीतको निर्माणमा सहयोग गरेकी हुन। स्मरण रहोस यसअघि उनले “झरी पर्यो ” बोलको गीत सार्वजनिक गरेका गरिसकेका छन।

प्रतिक्रिया