आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ l २०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिए।
निम्न आय भएका तथा जेहेन्दार बिधार्थीहरुको सहयोगार्थ च्यारिटी बजार गर्न लागिएको र उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम बिधार्थिहरुलाई हस्तान्तण गरिनेछ l
नेपालको आर्थिक अवस्था कमजोरहरुको सहयोग स्वरूप हजारौं वटा राम्रा राम्रा लुगाफाटाहरु र अन्य सामानहरु च्यारिटी बजारको लागि जापानीहरुले उपलब्ध गरिएको छ l स-साना बाल बालिकाहरुको लुगाफाटाहरु पनि धेरै भएको हुनाले बाल बालिका भएका अभिबावहरु पाल्नु भइ उक्त अवसर भरपुर उपयोग गर्नु हुन हार्दिक अनुरोध गरिएको छ l सामानहरु १० यन देखि उपलब्ध भएको जानकारी गरिएको छ l
सामानहरु उपलब्ध गराई सहयोग गर्नु हुने सम्पूर्ण जापानीहरुलाई धन्यवाद दिंदै यस च्यारिटी बजार दयालु जापानीहरुको सहयोगले गर्दा नै गर्न सकिएको कुराको जानकारी शाक्यज्युले जानकारि दिनु भयो l
सेवा नै धर्म हो भन्ने बिचारले गर्दा दोस्रो पटक गर्न लागिएको च्यारिटी बजार पनि सन्तोष जनक रुपमा सफल हुने कुराको आशा गरिएको छ । गत सालको अक्टोवर महिनामा मिर्गौला पिडित पत्रकार आशाकाजी महर्जन सहयोगार्थ पहिलो पटक च्यारिटी बजार सम्पन्न भएको थियो l उक्त च्यारिटी बजारबाट संकलन भएको १५६०० यन पत्रकार आशाकाजी महर्जनजुलाई हस्तान्तरण गरिसकेको छ l
उक्त च्यारिटी बजार सफल पार्न नेपाली तथा जापानी साथीहरु र सपरिवार पाल्नु भई सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिएको छ l
प्रतिक्रिया