आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:१६
वासिङटन डिसी 22:31

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकामा (तस्बिर तथा श्रव्य दृश्य सहित )

विजय थापा २०७५ फागुन १० गते २०:५९ मा प्रकाशित

लोकप्रिय गायिका तथा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकाको वाशिंगटन डिसी आउनु भएको छ । सांसद ओली अमेरिकाको राजधानी वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीतिक विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको हो ।

वहा छोटो समयको लागि अमेरिका आउनु भएको हो । वहा डिसीबाट न्यू योर्क हुदै बोस्टन पुगेर नेपाल पुग्ने बताउनु भएको छ । वाशिंगटन डीसी स्थित नेपाली राजदुतबास तथा अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) को सयुक्त आयोजनामा उक्त कार्यकम सम्पन्न भएको छ ।

कोमल ओली : वाशिंगटन डिसिमा कलाकार तथा राष्ट्रिय सभाकी सदस्य सांसद कोमल ओली मन्तव्य राख्दै :

Posted by Enepalese on Friday, February 22, 2019

प्रमुख अतिथि ओलीले आयोजकलाई धन्यबाद दिदै प्रधान मन्त्रिको शुभ कामना लिएर आएको बताउनु भयो । वहाले मन्तब्य राख्नु अगाडी तीन चरणमा भएको कार्यक्रममा वहालाई जिज्ञाशा राखेका थिए । आफ्नो मन्तब्यमा वहाले उत्तर दिनु भएको थियो ।

डिसीमा डा बिष्णु पौडेल बोल्दै :

Posted by Enepalese on Friday, February 22, 2019

सांसद ओलीले आफू जन्मेको स्थान,आफ्नो शैक्षिक योग्यता ,संचारकर्मी र सानो देखि नै गीत गाउने अभिरुचि राखेको बताउनु भयो । वहाले नेपालको ७५ वटै जिल्ला ,विश्वका ३९ वटा राष्ट्रमा सांस्कृतिक कार्यक्रम र प्रस्तुतिमा भ्रमण गरेको बताउनु भयो । ओलीले मन्तब्य राख्दै कुनै देश आफूले १३ पटक भ्रमण गरेको छु भन्दै तर यो ठूलो देश सयुक्त राज्य अमेरिका पहिलो पटक भ्रमण गरेको बताउनु भयो ।

पत्रकार हुदै आफू राजनीतिमा होमिएको बताउदै गत निर्वाचन देखि नेपालको राजनैतिक अस्थिरता समाप्त भएको बताउनु भयो । ओलीले असल सुसाशन ,आर्थिक विकास भ्रष्टचार लगायतलाई निर्मुल गर्नु यो सरकारको मुख्य लक्ष्य रहेको बताउनु भयो ।

डिसीमा कला ,संस्कृति तथा प्रवासी (डाएसपोरा )बिषयमा महा बाणिज्य दूत प्रेम राजा महत बोल्दै :

Posted by Enepalese on Friday, February 22, 2019

कार्यक्रम तीन चरणमा विभाजित गरिएको थियो । पहिलो वक्ता समूहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (विद्या वारिधि) तथा नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी रहनु भएको थियो ।

उक्त पहिलो वक्ता समूहको बिषय नेपाल र अमेरिका बीच सांस्कृतिक कुटनैतिकका चुनौती तथा अवसर रहेको थियो । राजदुत कार्की तथा डेलेसीले यस सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो ।

प्रवासी (डाएसपोरा)सांस्कृतिक कूटनीतिक माध्यम बाट नेपालको विकास बिषयक कार्यक्रमको प्रत्यक्ष प्रसारण " विजय थापा

Posted by Enepalese on Friday, February 22, 2019

यस्तै गरि वक्ता समूह दुईका वक्ताहरुले कला ,संस्कृति तथा प्रवासी (डाएसपोरा )बिषयमा महा बाणिज्य दूत प्रेम राजा महत तथा सामाजिक अभियन्ता द्वय डा बिष्णु पौडेल तथा हरि शर्माले बोल्नु भएको थियो ।

यसै गरि तेश्रो वक्ता समूहमा दोश्रो पुस्ताका सांस्कृतिक कुटनैतिक बिषयमा आफ्ना कुराहरु राखेका थिए । कार्यक्रम संचालन आईडिआईका कार्यकारी प्रमुख सुमनराज तिमिल्सिना ले गर्नु भएको थियो भने आइडिआईका प्रवन्ध निर्देशक परशु नेपालले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रम संचालन टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौला तथा दोश्रो चरणको कार्यक्रम संचालन सामाजिक अभियन्ता प्रेम संग्रौलाले गर्नु भएको थियो ।

कलाकार पूजा चन्द लामा बोल्दै :

Posted by Enepalese on Friday, February 22, 2019

कार्यक्रममा डीसी क्षेत्रमा बसोबास गर्ने कलाकारहरुमा केसि डान्स सेन्टरका संस्थापक नविन केसी ,बाल्टिमोर बाट कलाकार पूजा चन्द लामा ,अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ( ईन्जा ) का अध्यक्ष गुणराज लुइँटेल ,साहित्यकार प्रकाश नेपाल , यूवा नेता तथा सामाजिक अभियन्ता प्रेम कुमार श्रेष्ठ ,आईडीआईका प्रशन्न पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले वक्ता समूहलाई जिज्ञाशा राखेका थिए ।

ईन्जा अध्यक्ष गुणराज लुईटेल बोल्दै :

Posted by Enepalese on Friday, February 22, 2019

तस्बिर :राजिव श्रेष्ठ

प्रतिक्रिया