अष्ट्रेलियामा बिचल्ली नेपाली विद्यार्थी बारे: प्रेस विज्ञप्ति

इनेप्लिज २०७५ फागुन १० गते २:०८ मा प्रकाशित

बिगत झण्डै दुई दशक यता नेपालबाट उच्च शिक्षा अध्ययनको नाममा बिदेशिने प्रबृर्ति झट्ट हेर्दा आनन्ददायक भए पनि यो कठीन र चुनौतीपूर्ण छ भन्ने कुरा अष्ट्रेलियाको पछिल्लो घटनाले पुष्टि गरेको छ।

हालै करीब १२०० नेपाली विद्यार्थीको अष्ट्रेलियामा बिचल्ली भएको खबर प्रति विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहको गम्भीर ध्यानाकर्षण भएको छ।

हामी विभिन्न पेशा व्यवसायमा आवद्द विश्व भरि फैलिएर रहेका सु-संस्कृत राजनीतिमा विश्वाश गर्ने पंक्तिले यो घटनालाई नजिकबाट हेरिरहँदा अत्यन्त चिन्तित छौँ।त्यहाँ बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्नका साथै अष्ट्रेलियन सरकारसंगको समन्वयमा उनीहरुको अध्ययनको प्रवन्ध मिलाउन विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ।

साथै अष्ट्रेलिया स्थित गैर आवासीय नेपाली, गैर आवासीय नेपाली संघ लगायतका नेपाली सामाजिक संघ-संस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग पुर्याईदिनु हुन बिनम्र अनुरोध गर्दछौं। साथै हामीले गर्न सक्ने सहयोगका लागि हामी सदैव प्रतिवद्द रहेको जानकारी गराउँछौँ।

प्राप्त समाचारमा उल्लेख भए अनुसार विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण स्वदेशमै अध्ययन प्रतिको उदासीनता,शैक्षिक कन्सल्ट्यान्सी र सरकारी निकायको फितलो अनुगमन हो भन्ने हाम्रो ठम्याई छ।त्यसैले यस संवद्द जिम्मेवारहरुलाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाहीको लागि हामी अनुरोध गर्दछौँ।

विश्वविद्यालयको प्रारम्भिक तहको अध्ययनको लागि घर खेत नै बेचेर महँगा तर औषत गुणस्तरका विदेशी कलेजमा जानु पर्ने वाध्यता अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हुँदा हुँदै पनि त्यो संख्या बढिरहनुमा हामी चिन्तित छौँ।नेपाली युवा विद्यार्थीले रोजगारीको सुनिश्चितता हुने गुणस्तरीय विश्वविद्यालय स्तरीय शिक्षा नेपालमै पाउन सक्ने अवस्था सृजना गर्न समेत नेपाल सरकारलाई आवश्यक नीतिगत पहल गर्न हामी आग्रह गर्दछौं।

डा. राजेन्द्र पंगेनी
संयोजक
तथा
वि.सा.अन्तर्राष्ट्रिय सद्भाव समूह परिवार
मिति: फेब्रुवरी २१, २०१९

प्रतिक्रिया