अस्ट्रेलियाबाट नेपालीको कडा आवाज ‘लुटन सके लुट किन हटाइयो’ (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ९ गते १५:१६ मा प्रकाशित

स्कटनेपाल युके,

पशुपति शर्माको ‘लुटन सके लुट, नेपालमै हो छुट’ गित यू ट्यूबबाट हटाईए लगतै सामाजिक संजाल निकैनै टिका टिप्पणी हरु देखा परेका छन । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ सार्वजनिक गरेको र युटुब हटदा बितिक्कै बिशेष गरी प्रवासी नेपालीहरु नेगेटिव प्रतिक्रियाले अहिले सोसल मिडियामा यो बिषय भाइरल भएको छ।

‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत भिडियो सहित सार्वजनिक गरेका थिए । देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक झटारो प्रश्तुत गरिएको थियो ।

यसै बिषय बस्तुलाइ समेट्दै अस्ट्रेलियाबाट स्कटनेपाल सम्बादाता शिव न्यौपानेले आफ्नो अभिव्यक्ति दिनु भयेको छ पुरा भिडियो मा हेर्नुहोला :

प्रतिक्रिया