प्रताप दासले छमछमी नचाए दर्शक

इनेप्लिज २०७५ फागुन ८ गते १२:१८ मा प्रकाशित


पहिलो नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरीका दर्शकलाई छमछमी नचाएका छन । पथरीमा रहेको रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजि नेपाल आइस साँझ २०७५मा दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीत गाउदै स्टेज उक्लिदा उनि संग नाच्ने र सेल्फी हान्नेको भिड लागेको थियोे । दर्शकलाई सेन्टिमेन्टल गितमा झुमाउदै आफ्नो प्रस्तुतिको रफतार वढाएका दाशले प्रत्येक गितमा र्सजकहरुलाई क्रेडिट दिन छाडेन्न ।

उनले गाएका प्रत्येक गितमा दर्शक ननाचि रहनै सकेन्न । “भमरा फुलको रसैमा पर्खि बस मायाले मुङ्गीमा म आउछु रात्री बसैमा……. “तिम्रो सोरमा सोर मिलाई…….”, “फुल हैन काडा काडै बाटो हिडैला ….” “अलिकति जोस……” “पल पल यो आँखाले……..”, “हेर्दा राम्रो माछा पुच्छ्रे …….”, “मोटरसाइकलमा……”, गुराँस फुल्यो…..” र ‘तालको पानी‘’गीत गाउदा दर्शक छमछमी नाचेका थिए ।

सिजि नेपाल आइस बियरको प्रायोजक सम्पन्न कार्यक्रममा थप मनोरन्जन दिन हास्य विधाका गायक श्रीकृष्ण लुइटेलले दर्शकको पेट मिचिमिची हसाएका थिए । कार्यक्रममा उपस्थीत केटाकेटीलाई स्टेजमा बटुलेर “ए बा किन्देउन भट्टभटे……” “मुखमा हान्नु जस्तो……”, “बाँके बर्दिया….., “साली कमला…., “डल्लेको बहिनीले…. जस्ता गित गाएर दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया