नेपाली युवा अष्ट्रेलियामा अलपत्र

इनेप्लिज २०७५ फागुन ८ गते ११:१६ मा प्रकाशित

न्युज २४ टि.भी च्यानलवाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनता संगबाट जानकारी भए अनुसार बभिन्न कन्सलटेन्सीको माध्यबाट अध्ययनका लागि अष्ट्रेलिया स्थित AIBT( Australia institute of Business and Technology) मा अलपत्र अवस्थामा करिव १००० नेपाली बिध्यार्थी युवा रहेको खबरले हामी सम्पुर्ण युवाहरु दुखित र चिन्तित भएका छौ ।

नेपाली युवाले बिभिन्न सपना बोकेर बिदेशी भुमीमा उच्च शिक्षा हासिल गर्न जानु पर्ने बाध्यताको फाईदा उठाउदै नाम चलेका बिभिन्न कन्सलटेन्सीलाई जानकरी हुँदा हुदै बिधार्थीलाई पुर्ण जानकारी नदिई दार्ता नै नभएको उक्त कलेजमा पठएको समाचार प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।

ति समपुर्ण नेपाली युवाहरुलाई त्यस असजिलो र अफ्टयारो परिस्थितिबाट निकाल्न नेपाल सरकार , एन.आर.एन अष्ट्रेलिया र अष्ट्रेलियामा रहेका अन्य सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागि हामी युवाहुरु हार्दिक अपिल गर्दछौ साथै यस्तो कृयाकलाप गर्ने जो कोहीलाई पनि सरकार र सरोकारवाला निकायबाट कडा भन्दा कडा कारवाही र नेपालमा प्रतिवन्धको समेत माग गर्दछौ ।

 

प्रतिक्रिया