सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:४३
वासिङटन डिसी 17:58

इन्टरनेशल तेक्वान्दो एकाडेमिक सम्मेलनमा दुइ नेपाली गुरुको सहभागिता

इनेप्लिज २०७५ फागुन ७ गते १:२० मा प्रकाशित


अमेरीकाकाे क्यालिफोर्निया राज्यको पलोआलटो शहरमा रहेको स्ट्याण्डफोर्ड यूनिभर्सिटीमा इन्टरनेशल एकेडेमी अफ तेक्वान्दो सम्मेलनमा दुई जना नेपाली गुरुहरु सहभागी भएका छन्।

फेब्रवरी १६ र १७, २०१९ मा सम्पन्न सो सम्मेलनमा थुप्रै देशबाट प्रतिनिधिहरु सहभागी थिए। सम्मेलनमा यूनिभर्सल यूनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनका अध्यक्ष तथा ग्राण्ड मास्टर सन्तोष प्रधान तथा नेपाल टुरिज़म बोर्ड सिलिकन भ्यालीका अबैतनिकदूत तथा तेक्वान्दो मास्टर प्रकाश थापाको सहभागिता रहेको थियो ।

 

विश्वका ५० भन्दा धेरै देशबाट ग्राण्ड मास्टर, स्पोर्ट्स बिज्ञहरुको समेत सम्मेलनमा सहभागिता रहेको थियो । थापाका अनुसार उनीहरुले नेपाल र नेपालीको पहिचान र भगवान बुद्ध र मार्शल आर्ट को गाहिरो सम्बन्ध बिषयमा जानकारी गराए। यसका साथै उनीहरुले २०२१ सम्मेलन नेपालको लुम्बिनीमा गर्नको लागि प्रस्ताव समेत राखेका छन्।

सो सम्मेलनमा भाग लिएर नेपालीहरुको प्रतिनिधित्व गर्न पाएकोमा गुरु सन्तोष प्रधानले थप ज्ञान र हौसला मिलेको बताउदै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया