लुट्न सके लुट …’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट …’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ ।
सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् । खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ?
https://youtu.be/_GcVHocXQ3Q
प्रतिक्रिया