अमेरिका आए पछि मानिसलाई नभई नहुने चिज भनेको सवारी साधन हो । अमेरिकाका केही राज्यहरुमा यो बिना सम्भव नै छैन । जसरी भए पनि सवारी साधन किन्नु पर्ने अपरिहार्यता हुन्छ ।
किन्न सकेन भने धेरै कुरामा बाधा अड्चन आउदछ । तर यसो भन्दैमा सबैले किन्नै पर्ने भन्ने चाही हैन । अमेरिकाका महानगर क्षेत्रमा डिब्बेगाडी अर्थात् रेलगाडी बाट काम चलाउने प्रचलन छ । अमेरिकामा आफूसंग सवारी साधन भएमा धेरै कुरा सजिलो हुन्छ । नत्र हात बाधिन्छ । काम रोकिन्छ ।
सबै भन्दा ठुलो कुरा समय बचत पनि हुन् सक्छ । तथापी अमेरिकामा कैयौ स्थानमा पुग्न आफ्नो निजि सवारी साधन भन्दा पनि रेलगाडी बाट छिटो पुगिन्छ । साच्चै भन्ने हो भने अमेरिकामा सवारी साधन चालक अनुमति पत्र (ड्राईभर लाईसेन्स ) लिन सरल छ । अलिकति मेहनत गरेमा सजिलो संग हात लाग्छ ।
अमेरिकामा सबै सवारी साधन स्वचालित हुन्छन । नेपाल जस्तो गियर वाला(दाते पद्धति)को हुदैन । स्वचालित सवारी साधन चलाउन सरल हुन्छ । यसको अतिरिक्त एक तर्फी सडक हुनाले नेपाल जस्तो जोखिम पनि हुदैन । तर नियममा बाधिएकोले सतर्क साथ कुदाउनु पर्छ । सिमित गतिमा हाक्नु पर्ने हुन्छ ।
अमेरिकाका अधिकांश राजमार्गहरुमा एक तर्फी सडकमा कम्तिमा दुई पथ (लेन) देखि २६ लेन (पथ)सम्म अमेरिकामा रहेका छन् । मुख्य राजमार्ग या चल्तीका राजमार्गमा कम्तिमा पनि एक तर्फी ४ -६ पथ हुन्छन ।
मुख्य राजमार्ग या चल्तीका राजमार्गमा कम्तिमा पनि एक तर्फी ४ -६ पथ हुन्छन ।
एकनास संग सवारी साधन कुदेको कुदै गर्छन । २४ सै घण्टा आवत जावत हुन्छ । अमेरिकाको टेक्सस राज्यको अन्तर राज्य १० अर्थात् केटी फ्रिवे २६ पथ केही स्थानमा रहेको छ । उक्त सडक बिश्व कै सर्वाधिक फराकिलो राजमार्ग मानिन्छ ।
दैनिक २ लाख १ हजार सवारी साधन गुडछन् । जुन राजमार्गमा एक तर्फी ४-६ वाट पथमा एकनास लगातार सवारी साधन गुडेको देख्दा आश्चर्य लाग्छ । सोच्ने हो भने सवारी साधन कहाँ बाट आएका होलान ? कता जाने होलान जस्तो लाग्छ ।
नेपालबाट आएका नयालाई निकै मनोरन्जन लाग्नुको साथै कसरी यस्तो बाटोमा कुदाउन सकिएला त भन्ने लाग्छ ?
नेपालबाट आएका नया लाई निकै मनोरन्जन लाग्नु को साथै कसरी यस्तो बाटोमा कुदाउन सकिएला त भन्ने लाग्छ ?
यस्ता सडकमा बर्षौ बर्ष लाग्ने जस्तो पनि लाग्छ । हुन् त मानिसलाई परे पछि मानिसले नगरि छोड्दैन । यस्तो सवारी साधनको चाप र कहाली लाग्दो गाडीको तातीका ताती देखे पछि अबुई कसरी कुदाउन सकिएला भन्ने सोचिन्छ ।
निकै गाह्रो होला ,नसक्ने जस्तो लागेर ,आफूलाई पहाड जस्तो लाग्छ । गाडीहरु निरन्तर आई रहन्छन । कसरी एक पथ बाट अर्को पथमा कसरी जाने होला ? कसरी सकिएला त यस्तो व्यस्त सडकमा जस्तो लाग्छ । त्यस्तो देखे पछि ,झन् दुर्घटना देखे पछि झन् कुदाउन मन लाग्दैन ।
त्यस्तो देखे पछि ,झन् दुर्घटना देखे पछि झन् कुदाउन मन लाग्दैन ।
अगाडी ,पछाडी ,दाया ,बाया चारै तिर गाडी नै गाडी देखे पछि मन आतिन्छ पनि । कुदाउन मन नलाग्ने पनि हुन्छ ।
जे कुराको पनि अभ्यास चाहिने हुनाले अभ्यास गर्दै गए पछि सबै कुराहरु समाधान हुदै जान्छ । सुरु सुरुमा अप्ठ्यारो ,भय ,डर ,आशंका आदी ईत्यादी आएता पनि कुदाउने हिम्मत गरेमा सबै कुरा अरुले कुदाए झैँ कुदाउन सकिन्छ ।
तर हिम्मत र आँट चाहिन्छ । नव आगन्तुकलाई हौशला तथा प्रोत्साहन गर्नु पर्छ । अरुले कुदाएको बाटोमा आफू किन कुदाउन सक्दिन भन्ने हिम्मत साथ कुदाउन आँट गरेमा सकिने छ ।
नेपालमा साना राजमार्ग हुन्छन भने अमेरिकामा फराकिला र ठूला राजमार्ग हुन्छन । नेपालमा भन्दा अमेरिकामा ज्यादै द्रुत गतिमा सवारी साधन कुदाउनु पर्छ । मन आतिन्छ । डर लाग्छ । तर पनि एकतर्फी सवारी साधन मात्र सडकमा गुड्ने हुनाले हुने नेपालका सडकमा भन्दा यहाँ सुरक्षित हुन्छ । जे होस् ,हिम्मत गरौ । सुरु सुरुमा डर ,भय भएता पनि कुदाउन आँट गरौ ।
तस्बिर स्रोत “पीबिएस’
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया