प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ

इनेप्लिज २०७५ फागुन ५ गते ११:३२ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो ।

शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै उनीहरुले दुईवटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले दावी गरेको छ ।

उनीहरुमाथि आवश्यक कारवाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया