नगरपालिकाका सब इन्जिनियर ६० हजार घुससहित पक्राउ

इनेप्लिज २०७५ फागुन ५ गते ११:२३ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

बजगाईलाई अख्तियारको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया