पशुपति शर्माको गीत काण्ड : प्रतिष्ठानको आकस्मिक बैठक बस्दै

इनेप्लिज २०७५ फागुन ५ गते ११:१३ मा प्रकाशित

काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको पछिल्लो गीत ‘विवादित’ बनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आकस्मिक बैठक बस्ने भएको छ ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीत विवादित बनेपछि शर्माले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । तर, अन्य युट्युव च्यानल र सामाजिक सञ्जालमा गीत सर्वत्र छ ।

प्रतिष्ठानका प्रथम उपाध्यक्ष समेत रहेका शर्माले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै गीत हटाएको जनाएका थिए । उनले गीतलाई संशोधन गरेर चाँडै ल्याउने पनि बताएका छन् ।

सत्तारुढ दलका कार्यकर्ताको चर्काे दवावपछि शर्माले गीत हटाएको बुझिएको छ । शर्माको गीतको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष÷विपक्षमा तर्कहरु आएका छन् । सरकार निरंकुश बन्दै गएको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रतिष्ठानको बैठकमा गीतका विषयमा छलफल गरि आवश्यक निर्णय लिइने अध्यक्ष बद्री पंगेनीले जनाएका छन् । उनले सबैका धर्य गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया