मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

सामाजिक अभियन्ता ददीराम ढुगानाले नेपाली समुदायिक भवनको संक्षिप्त अवधारणा (Project Brief) प्रस्तुत गर्दै (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ४ गते २३:०७ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यको तर्फबाट आज एक बिशेष कार्यक्रमको आयोजना गर्दै वैशाख पूर्णिमालाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ को रूपमा मनाउने ऐतिहासिक घोषणा गरिएको छ । उक्त कार्यक्रममा यस क्षेत्रमा ध्यान तथा योगाको प्रवर्द्धन समेतको उद्देश्य राखी बन्न लागेको नेपाली समुदायिक भवन निर्माण सम्बन्धमा उक्त अभियानका प्रतिनिधि सामाजिक अभियन्ता ददीराम ढुगानाले उपस्थित जन समुदाय र विशेष गरी लाउडन काउन्टीकी बोर्ड अफ सुपरभाइजर फिलिस जे र्यानडल, भर्जिनिया हाउस अफ डेलिगेट ८७ निर्वाचन क्षेत्रका जन जे बेल, भर्जिनिया जिल्ला १० कि प्रतिनिधि जेनिफर वेक्सटन एवं स्वामी अरुण आनन्दलाई जानकारी गराउनु भयो।

ढुंगानाले आयोजनाको संक्षिप्त अवधारणा (Project Brief) प्रस्तुत गर्दै स्थानीय, राज्य र संघीय सरकारबाट सहयोगको अपिल गर्नु भयो।

उक्त कार्यक्रम भर्जिनियाको स्प्रिंगफिल्ड शहरमा आयोजना गरिएको हो । सो समारोहमा र्यानडल, बेल एवं वेक्सटनलाई सामुदायिक भवनको संक्षिप्त अबाधारणा पत्रको १/१ प्रति दिई बिस्तृत कुराकानीको लागि अवसर प्रदान गर्न र सहयोग गर्न अनुरोध गरिएको थियो । उहाँहरू तीनै जनाले नेपाली समुदायिक भवनको आयोजनाको लागि आफ़ूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया