मंगलबार, जेठ ७ २०७६
काठमाडौं १७:१९
वासिङटन डिसी 07:34

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्ले भने ‘चिठ्ठा पद्धति दुर्भाग्य ‘

विजय थापा २०७५ फागुन ४ गते ३:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिठ्ठा पद्धति दुर्भाग्य भएको बताए । उनले उक्त कुरा अमेरिकामा दक्षिणी सीमामा देखिएको मानवीय संकट, लागू औषध र तस्करी नियन्त्रण गर्न शुक्रबार राष्ट्रिय आपतकाल घोषणा गर्दा त्यसो भनेका हुन् ।

उनले अमेरिकी काँग्रेसले सीमामा पर्खाल लगाउन ५.७ अर्ब अमेरिकी डलर बिनियोजन नगरे पछि उनले पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आपतकाल घोषणा गर्दै गर्दा पत्रकारहरुलाई उत्तर दिने क्रममा प्रसंग चल्दा डिभी ,विविधता चिट्ठा बारेमा त्यसो भने ।

उनले पत्रकारलाई झर्को र फर्को गर्दै अन्य जवाफ दिने क्रममा उनको यस्तो धारणा रहेको बुझिएको छ । उनले अगाडी भने यो अति घृणा प्रस्तुत हो । अति नराम्रा मानिसहरु उक्त चिट्ठामा राखिन्छ । यो सामान्य अर्थ हो। म यसमा फसेको छु भने ।

प्रतिक्रिया