कुटनीति, नेपाल र विश्वपरिवेश

विकास थापा हेरिसबर्ग ,अमेरिका २०७५ फागुन ४ गते ०:४१ मा प्रकाशित

नेपालले आजसम्म आफ्नो सार्वभौमसत्ता जोगाइराख्न सक्नुका प्रमुख कारणहरू मध्ये तेस्रो तथा शक्तिशाली देशहरूसँगको सुमधुर कुटनीतिक सबन्ध पनि एक हो । तर विडम्बना पछिल्ला केही दशकहरूमा नेपालले विश्वसामु देखाएको आफ्नो कुटनीतिक क्षमता र अपरिपक्वता भने देशको लागि नै लज्जा र चिन्ताको विषय बनेको छ । विशेष गरी प्रचण्ड नेपालको राजनीतिको केन्द्रविन्दुमा आएपछि नेपालको कुटनीतिक क्षेत्र पटक पटक धरसायी बनिरहेको छ । पहिलो त प्रचण्डलाई अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान त होला तर अनुभव कम छ । अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा ज्ञान र अनुभव भनेको आकाश जमिनको फरक हो । जंगली राजनीति, हत्याहिंसाको माध्यमबाट नेपालको राजनीतिमा उदाएका प्रचण्ड देशभित्र त धूर्त र चलाख राजनीति खेल खेल्न खप्पिस भए पनि अन्तर्राष्ट्रिय मामिलामा निक्कै कच्चा र बच्चा सावित हुँदै आइरहेका छन् । त्यसैको निरन्तरता मध्येको एक हो भेनेजुयलाको राजनीतिक संकटमाथिको प्रचण्डको टिप्पणी । एक जिम्मेवार नेताले एक कुटनीतिक आचरणको पटक्कै ख्याल नगरी कहिले मित्र राष्ट्र भारत विरूद्ध त कहिले मित्र राष्ट्र अमेरिका विरूद्ध यस्ता गैर जिम्मेवार अभिव्यक्तिहरू पटक पटक दिँदै आएका छन् । यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले गर्दा प्रचण्ड नेताबाट राजनेतामा कहिल्यै उक्लन सकेनन् । उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो कमजोरी भनेकै यही हो । प्रचण्डको यस्तो चरित्रले गर्दा बाहिरी जगत्ले नेपालको परराष्ट्र नीतिमा शंकाको नजरले हेर्न थाले । जसले नेपालको अहित गर्नुको साथै नेपाललाई अनावश्यक द्वन्द्वको रंगमन्चमा उतारिएको छ ।

वर्तमान सन्दर्भमा सरकारका हरेक बाक्य, शब्द र कुटनीतिक दृष्टिकोणहरू यति कृत्रिम , ढाकछोप र आवरण युक्त हुनु हुँदैन । अनाबश्यक हठ र स्वप्निल महत्वकांक्षाले नेपालको कुटनीति क्षेत्र अभिसप्त र अयथार्थतिर डोरिदै गएर नैतिकताको संकटमा कदापी पर्नु हुँदैन भन्ने तीन करोड नेपालीहरूको साझा धारणा हो भनि बुझ्न जरुरी छ ।

त्यस्तै अपरिपक्व कुटनीतिक क्षमतालाई आधार मानेर भेनेजुयलाको राजनीतिक संकटमाथि नेपालको वर्तमान बामपन्थी सरकारको देखाएको अहिलेको कुटनीतिक रवैया र नेपालको पराराष्ट्र मन्त्रालयले केही समय अगाडि इन्डोनेसियामा प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएकाहरूलाई दिएको बधाई वक्तव्य यस्तै चरम लापरबाहीको एउटा उदाहरण हो । अन्य देशमा हुन्थ्यो भने यही घटनाले पराराष्ट्रमन्त्रीले नैतिककताको आधारमा राजीनामा दिइसकेका हुने थिए वा सार्वजनिक रुपमा माफी माग्ने थिए । यो विषय पनि परराष्ट्र मन्त्रालयले आलटाल, गल्ती नगरेझैँ गर्यो र जसोतसो आफ्नो लाज पचायो । राज्यको एउटा जिम्मेवार मन्त्रालयले आफ्नो मित्र राष्ट्रको दुःखमा व्यक्त गर्नुपर्ने समवेदना बधाई बन्न पुग्यो । अन्तर्राष्ट्रिय सम्बन्धमा यस्ता विषयवस्तु निक्कै संवेदनशील मानिन्छ तर नेपालमा भने दुई चार दिन मजाकको विषय बन्यो । वर्तमान सन्दर्भमा सरकारका हरेक वाक्य, शब्द र कुटनीतिक दृष्टिकोणहरू यति कृत्रिम, ढाकछोप र आवरणयुक्त हुनु हुँदैन । अनावश्यक हठ र स्वप्निल महत्वाकांक्षाले नेपालको कुटनीतिक क्षेत्र अभिसप्त र अयथार्थतिर डोरिँदै गएर नैतिकताको संकटमा कदापी पर्नु हुँदैन भन्ने तीन करोड नेपालीहरूको साझा धारणा हो भनी बुझ्न पनि जरुरी छ ।

भेनेजुयला र नेपालको भौगोलिक परिस्थिति निक्कै भिन्न छ । भेनेजुयला तेलमा निक्कै धनी राष्ट्र हो र नेपाल जस्तो भूपरिवेष्ठित देश पनि होइन । भेनेजुयला आफ्नो भौगोलिक परिस्थिति अनुसार जसरी पनि चल्न सक्छ । भेनेजुयलामाथि प्रत्येक राष्ट्रकका आआफ्ना स्वर्थ छन् । हाम्रा छिमेकी दुवै देश भारत र चीनलाई त्यहाँबाट आउने कच्चा तेलको चिन्ता छ । यदि त्यहाँ राजनीतिक अस्थिरता भयो र त्यहाँबाट आउने तेलको मात्र घट्यो भने दुवै देशको अर्थतन्त्रमा गम्भीर असर पर्छ । त्यसको लागि पनि हाम्रा छिमेकी देश त्यहाँको राजनीति संकटसँग सशंकित छन् । तसर्थ उनीहरूले आआफ्ना स्वार्थ अनुसारको धारणा बनाउनु स्वाभाविक हो तर नेपाल यो मामिलाबाट टाढै रहनु नेपालको हितमा थियो । नेपाललाई त्यो गर्ने छुट नेपालको भौगोलिक अवस्थाले पनि दिँदैन । जन्मने नेपालमा, राजनीति गर्ने नेपालको तर विश्वसँग क्यूबा र भेनेजुयलाका बामपन्थीहरूको जस्तो कुटनीतिक आचरण देखाएर नेपाल विकसित हुँदैन । उत्तर कोरिया, भेनेजुयला र क्युवाको जस्तो बामपन्थी नेता बन्न खोज्नु नेपालका बामपन्थीहरूको सबैभन्दा ठूलो अज्ञानता हो । सबैभन्दा ठूलो मूर्खता पनि । यो धेरै जान्ने सुन्ने छु भन्ने एक प्रकारको आत्मरति पनि हो । नेपालको भौगोलिक परिस्थिति, मूल्यमान्यता, विश्वमा आफ्नो उपस्थिति, राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमा देशको पराराष्ट्र नीति सदैव निर्देशित हुन जरुरी छ । नेपालका बामपन्थीहरूले यो राम्रोसँग बुझेनन् या त बुझ पचाइरहेका छन् या आत्मसात गर्न सकेका छैनन् । देश सधैँ रहन्छ । पार्टी ,सरकार र दुई तिहाई सधैँ रहँदैन । यो कुरा ख्याल गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उखान, टुक्का र धूत्र्याइले काम गर्दैन । अर्को कुरा कुनै पनि पार्टीको एकल पार्टीगत सोचका आधारमा देशको परराष्ट्रनीति कदापि अगाडि बढ्न सक्दैन ।

कुटनीति र परराष्ट्र नीति भनेको सधैँ सन्तुलित विवेकले निर्दे्िशत हुन जरुरी छ । यो कसैको व्यक्तिगत लहडमा खेलिने स्वार्थको बाघचाल पनि होइन । विवेकपूर्ण, सन्तुलित कुटनीति र परराष्ट्र नीतिले आफ्नो देशको हित र स्वार्थको लागि असम्भवलाई पनि सम्भव बनाउने ल्याकत र तागत राख्नु पर्छ । नेपालले पटक पटक तेस्रो विश्वसँग यस्तै अमर्यादित, असन्तुलित, विवादास्पद कुटनीतिक भाषा प्रयोग गर्दै गयो भने विश्व समुदायबाट कुनै दिन नेपाल उत्तर कोरियाजस्तै एक्लिन सक्छ । नेपालको परराष्ट्र नीतिलाई उत्तर कोरियाली बाटोतिर लैजान नेपालको बामपन्थी सरकार अग्रसर भएको हो भने भोलिका दिनमा यो नेपालको सबैभन्दा ठूलो दुर्भाग्य बन्न सक्छ । विश्व कुटनीतिक भाषामा देश यस्तो अवस्थामा पुग्नु भनेको निक्कै डरलाग्दो अवस्था हो । यस्तो अवस्था आयो भने नेपालको परराष्ट्र नीति भारत र चीनको पोल्टामा पुग्न सक्छ । जस्तो कि उत्तर कोरियाको पछिल्ला अन्तर्राष्ट्रिय सम्बन्धमा चीनको निर्देशन हावी बन्दै आएको छ । भारत भुटानको त थप व्याख्या गर्न जरुरत छैन संसारलाई थाहा छ । विश्व समुदायमा नेपालको परराष्ट्र नीति भनेको उत्तर कोरिया वा भूटान बन्नु त अवश्य पनि होइन । उसो हो भने बामपन्थी सरकार किन पटक पटक आफ्नो राष्ट्रिय स्वार्थअनुसारको सन्तुलित कुटनीति व्यवहार प्रदर्शन गर्न चुक्छ ? यो सरकारमाथि गम्भीर प्रश्न यहाँ तेर्सिएको छ । त्यसमाथि पनि अमेरिकाजस्तो विश्व महाशक्ति राष्ट्रसँग नेपालले सन्तुलित र सुमधुर कुटनीति सम्बन्ध बनाउन जरुरी छ । यो सबैलाई थाहा छ र पनि सरकार आफ्नै घमण्डले चुक्दै छ । यसको अर्थ महाशक्ति राष्ट्र भन्दैमा नेपालले उसका सबै दवाव मान्नु पर्छ भन्ने पनि होइन । दोस्रो कुनै पनि छिमेकीको उक्साहट, आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ, मानसिक विचलन, मानसिक असन्तुष्टिका तरंगमा तैरिएर वक्तव्यहरू दिनु र समस्त देशको परराष्ट्र नीतिलाई नै विवादित बनाउने अधिकार कसैमा नीहित हुँदैन । कुनै पनि देश केही एक दुई जना व्यक्तिको ब्याक्तिगत लहड, सनक र मानसिक असन्तुलनमा चल्न सक्दैन र चल्नु पनि हुँदैन । यदि उचित पराराष्ट्र नीति अंगीकार गर्न सकिँदैन, सन्तुलित ढंगगले देश चलाउने क्षमता, ल्याकत छैन भने राजनीतिबाट सन्यास लिनु सबैभन्दा उचित र उत्तम विकल्प हो । यसले देशको लागि राम्रो गर्छ । होइन भने सरकार मानसिक विचलनमा आएर बर्बराउन छोड्नु पर्छ । विश्व जगत्लाई आफ्नो कुटनीतिक क्षमता र चातुर्य देखाउन सक्नु पर्छ । पटक पटक गल्ती गर्ने छुट कसैमा छैन ।

यति भन्दै गर्दा सरकारका प्रत्येक भनाइहरू तर्कसंगत , सशक्त र जनवादी जस्ता त देखिन्छन् तर यथार्थको बहसमा भने सँधै पराजित हुन पुग्छन् । सरकारले प्रस्तुत गरेका मार्गदर्शनहरू एकपक्षिय र एकांकी , बालहठ बाटै प्रेरित भएकै हुन् त !

यदि अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारको आधिकारिक धारणा माग नै गरिहाले पनि कुटनीतिक तथा नरम भाषामा एक सार्वभौम मुलुकको सार्वभौमिकताको पनि सम्मान हुने र आफ्नो अन्य देशसँगको कुटनीतिक सबन्ध पनि नबिग्रने “सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने“ विज्ञप्ति जारी गर्न सकिने थियो । प्रचण्डको विज्ञप्ति उहाँको व्यक्तिगत र नीजि विज्ञप्ति हो । सरकारको आधिकारिक धारणा यो हो भन्ने अवसर र ठाउँ हुँदाहुँदै पनि त्यस विषयमा कुनै संवेदनशीलता नदेखाई, बामपन्थी सरकारले प्रचण्डको विज्ञप्तिलाई नै लालमोहर लगाइदियो । यस्तै गल्तीहरू गर्दै र यस्तै दम्भ पाल्दै यो अगाडि बढ्यो भने यो सरकारले उत्तर कोरियाली बाटो चाँडै नै तय गर्ने छ । यसरी नै भोलिका दिनमा पनि बामपन्थी सरकारले यस्तो रवैयालाई निरन्तरता दिँदै गयो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल उत्तर कोरियाजस्तै एक्लिन सक्छ । भोली उत्तर कोरियाजस्तै चीनको कठपुतली नेपाललाई यिनले बनाउँदैनन् भन्न सकिँदैन ।

नेपालका बामपन्थीहरूमा अचम्मको एउटा बामपन्थी फोविया छ । उक्त बामपन्थी फोवियाले सिंगो क्रिमिया निल्ने रसिया कहिल्यै साम्राज्यवादी देख्दैन । हाम्रै छिमेकी देश तिब्बत जो नेपालभन्दा कयौ गुणा ठूलो देश थियो त्यसलाई निल्ने चीन कहिल्यै साम्राज्यवादी बनेन । अरू बाँकी सबै साम्राज्यवादी र पुँजीवादी बने । यस्तो एकतर्फी सोच, संकुचित हठ र धारणा बोकेको नीति देशको परराष्ट्रनीति बन्न थाल्यो भने, यसैबाट निर्देशित भएर सरकारका धारणाहरू बाहिर आउन थाले भने नेपालको तेस्रो विश्वसँगको सम्बन्ध अब पाँच वर्षपछि कस्तो बन्ला ? सरकार त परिवर्तन भइरहन्छ तर देशले बनाउने पराराष्ट्रनीति न त प्रचण्डको हजार मुखे जिब्रो जस्तो हुन्छ न त उखान टुक्का भनेजस्तो । अझै पनि परराष्ट्र नीति बनाउँदा आफ्नो पार्टीको दृष्टिकोणभन्दा माथि उठ्न सकेनन् भने बाहिरी विश्वसँग यिनले कस्तो कुटनीतिक क्षमता प्रर्दशन गर्लान्, कस्तो प्रभाव जमाउलान ? कुटनीति सम्बन्ध भोलि आफुले चाहेर मात्र, आफूलाई आवश्यक प¥यो भन्दैमा आफ्नो एकल जोरबलले रातरात स्थापित हुने पनि होइन । निरन्तर सन्तुलित र विश्वासको वातावरण नबनाई कसरी कूटनीति सम्बन्ध विस्तार होला ? यति भन्दै गर्दा सरकारका प्रत्येक भनाइहरू तर्कसंगत, सशक्त र जनवादीजस्ता त देखिन्छन् तर यथार्थको बहसमा भने सधैँ पराजित हुन पुग्छन् । सरकारले प्रस्तुत गरेका अन्तर्राष्ट्रिय कुटनीति र मार्गदर्शनहरू एकपक्षीय र एकांकी बालहठबाटै प्रेरित हुन् त !

अर्को कुरा अमेरिका नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको मुलुक मात्र होइन । छिमेकीको नाताले भारत र चीन । पुरानो सम्बन्धले गर्दा बेलायतपछि जनस्तरमा सबैभन्दा राम्रो र मजबुत सम्बन्ध स्थापित भएको मुलक हो अमेरिका । दोस्रो विश्वयुद्धको समाप्तिपछि नेपालले सन् १९४७ अप्रिल २५ मा नै अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापित गरेर विश्वमा नै एक सार्वभौम पुरानो देशको रुपमा आफ्नो उपस्थिति मजबुत पारिसकेको थियो । हाल आएर अमेरिकामा लगभग तीन लाखको हारहारीमा नेपाली र चार लाखको हारहारीमा नेपाली भाषीहरू बसोबास गरिरहेका छन् । अमेरिकाले नेपालको हरेक कुरामा आफुले सक्दो साथ र सहयोग दिँदै आइरहेको छ । धेरै अन्तर्राष्ट्रिय मामिलामा अमेरिकाले नेपाललाई दिल खोलेर सहयोग गरेको छ । भेनेजुयलाको राजनीतिक संकटको विषयलाई लिएर नेपालले चासो र चिन्ता लिनु मानवीय र एक सार्वभौम मुलुकको नाताले स्वाभाविक थियो तर त्यहाँ सबै शक्तिराष्ट्रले आआफ्ना स्वार्थका डमरु बजाएका छन् । कुनै पनि देशले त्यहाँको आन्तरिक मामिलामा गरेको हस्तक्षेप नेपाललाई मान्य नहुने भनी नेपाल आफ्नो पन्चशीलको सिद्धान्त टेकेर तटस्थ बस्नु थियो । नेपालले रसिया, चीनलगायत देशको गरेको हस्तक्षेप ठिक र अन्य राष्ट्रले गरेको बेठिक भन्ने जुन वक्तव्य जारी ग¥यो त्यो नै पन्चशीलको मर्म विपरीत छ । तटस्थ छैन । जसले नेपाललाई भोलिको दिनमा विश्व बामपन्थी क्लवतिर धकेलिदिन सक्छ । यसले नेपाललाई अन्तराष्ट्रिय तारोको भूमरीमा पारिदिन सक्छ । यस विषयमा नेपालले आफ्नो भौगोलिक संवेदनशीलतालाई पटक पटक ख्याल गर्न जरुरी छ ।

नेपालीहरू अमेरिका आउन थालेको २५/३० वर्ष भयो । यति छोटो समयमा अध्ययन, अध्यापन, आईटी, व्यापारलगायत विभिन्न क्षेत्रमा अमेरिकामा नेपालीहरूले राम्रो उन्नति गरिसकेका छन् । अर्को कुरा अमेरिकामा बसेका नेपालीहरूको आर्थिक समृद्धिसँगै अमेरिकाबाट नेपाल जाने रेमिट्यान्समा उल्लेख्य वृद्धि भइसकेको छ । अहिले नेपालमा धेरै रेमिट्यान्स जाने मुख्य पाँच देशमा अमेरिका पनि पर्छ । अबको पाँच वर्षभित्र अमेरिकाबाट नेपाल जाने रेमिट्यान्समा अझै उल्लेख्य वृद्धि हुन सक्छ । यो सरकार आफ्नो खुट्टामा आफैँ किन बन्चरो हान्दै छ । त्यो अर्को कौतुहलताको विषय बनेको छ । अझ नेपाली भाषीहरूको बाक्लो जनसंख्या भएको कतिपय राज्यहरूमा नेपाली भाषालाई ती स्टेटहरूले मान्यता पनि दिइसकेका छन् । तसर्थ अमेरिकासँग नेपालको सम्बन्ध कुटनीति तवरले मात्र अब स्थापित छैन जनस्तरको सम्बन्ध निक्कै मजबुत बनिसकेको छ । भारतले दिनहुँ सिमाना मिच्दा चुँ नबोल्ने प्रचण्डको नेपालको आइनो न साइनोको देश भेनेजुयलाको राजननीतिक संकटमा चीन र रसियाकै हारहारीको जनवरी २५ को विज्ञप्ति किन र के लागि ? कुटनीतिक वृत्तमा यसको संकेत के र यसको परिणाम के हुन्छ ? अहिलेको बामपन्थि सरकारसँग कुनै उत्तर छ ? छैन ।

यतिमा कुटनीतिको गहिराई सम्म पुगेर सबै कुरा ब्याख्य गर्न गाह्रो छ तर संकेत आधार भने प्रष्ट छन् । दुईतिहाईको आत्मरमिताले सरकार सहि बाटोमा हिंडन सकेको छैन तर अभिनय भने दौडिरहेको गरिरहेछ । यो जनता र देशमाथि सत्ताको लागी गरिएको सबैंभन्दा ठूलो गद्दारी बन्न सक्छ ।

नेपालको परराष्ट्र नीति असंलग्न हो । शीतयुद्धको समाप्तिपछि अहिलेको विश्व फेरि दुई ध्रुवतिर विभाजन हुन थालिसकेको छ । रसियाले हतियारको दम्भले बढाउँदै लगेको अन्तर्राष्ट्रिय प्रभाव र चीनको अमेरिकासँगको व्यापार युद्ध । चीन र रसियाबीच बाक्लिदै गएको सम्बन्ध । युरोपियन युनियन र रसिया बीचको टकरावले फेरि संसारमा ध्रुवीकरण बढ्न सक्दैन भन्न सकिँदैन । भारत चीन सम्बन्धले पनि नेपालमा ठूलो हलचल ल्याउन सक्छ । यस्तो अवस्थामा नेपालजस्तो सानो मुलुकले आफ्नो राष्ट्रिय हित र स्वार्थको लागि कुटनीतिक चातुर्य देखाउन सक्नु पर्छ र सबै देशसँग आफ्नो सबन्ध बिस्तार गर्नु नै नेपालको हितमा छ । नेपाल फेरि पनि कुनै संगठनतिर ध्रुवीकृत हुनु उपयुक्त छैन । यस्तै अमर्यादित कुटनीतिक आचरणले गर्दा भोलि नेपाल शक्ति राष्ट्रहरूको तारो बन्न पुग्यो भने नेपालको भू राजनीतिक अवस्था नेपालले त्यो भोलिका दिनमा धान्न सक्दैन । राजनीतिक अस्थिरता र भर्खर द्वन्द्वबाट माथि उठन लागेको देशले आफ्ना मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध राखेर आफ्नो विकासमा ध्यान केन्द्रित गर्न जरुरी छ । यतिमा कुटनीतिको गहिराइसम्म पुगेर सबै कुरा व्याख्या गर्न गाह्रो छ तर संकेत आधार भने प्रष्ट छन् । दुईतिहाईको आत्मरतिले सरकार सही बाटोमा हिँड्न सकेको छैन तर अभिनय भने दौडिरहेको गरिरहेछ । यो जनता र देशमाथि सत्ताको लागि गरिएको सबैंभन्दा ठूलो गद्दारी बन्न सक्छ ।

प्रतिक्रिया