मंगलबार, जेठ ७ २०७६
काठमाडौं १९:२९
वासिङटन डिसी 09:44

नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा

इनेप्लिज २०७५ फागुन ४ गते ०:३४ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको केरी शहरमा नेपालीहरुले ट्याक्स व्यवसाय संचालनमा ल्याएका छन् । ग्राहकलाई गुणस्तरीय एवं विश्वसनीय सेवा दिने उद्देश्यका साथ लिबर्टी ट्याक्स को अन्तरसंजाल अन्तर्गत यो व्यवसाय संचालनमा ल्याईएको जानकारी संचालक सुवास ढकालले गराउनु भएको छ ।

यो सेवामुलक काम हो, सानो भन्दा सानो कुरा ख्याल गरिएन भने पछि अप्ठ्यारो पनि पर्न सक्छ, त्यसैले ट्याक्स भर्दा खेरि जानकार कहाँ नै भर्दा राम्रो हुन्छ ।नेपालीद्वारा संचालनमा ल्याएपछि नेपालीहरु त लाभान्वित हुने नै भए । नेपालीहरुलाई विशेष छुटको व्यवस्था गरिएको जानकारी पनि संचालक सुवास ढकालले गराउनु भएको छ ।

तपाईंहरुको विशेषता के छ त भनि हामीले जिज्ञासा राख्दा गोपनियता, विश्वसनीयता, सुलभ सेवा, ग्राहक सन्तुष्टी गुणस्तरीय सेवा एवं सुलभ मूल्य हाम्रा विशेषता हुन् भनेर सुवास ढकालले भन्नु भएको छ ।

निम्न ठेगानामा गएर यहाँहरु पनि यो सेवाबाट लाभान्वित हुन सक्नु हुनेछ:

Liberty Tax – Cary
Harrison Pointe Shopping Center
247 Grande Heights Dr.,
Cary, NC – 27513,
Phone no : 919-234-1223

प्रतिक्रिया