मंगलबार, चैत १२ २०७५
काठमाडौं ०२:१८
वासिङटन डिसी 16:33

ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते

इनेप्लिज २०७५ फागुन ४ गते ०:०२ मा प्रकाशित

अमेरिकाको ईलेनोइज राज्यको दक्षिण पश्चिम अरोरामा आज स्थानीय समय ३ बजे शिकागो नजिक संदिग्ध व्यक्ति द्वारा चलाइएको गोलि प्रहार ५ जना मारिएको ताजा जानकारी प्राप्त भएको छ । यसै गरि ५ जना प्रहरी घाइते भएका छन् भनि पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

भर्खर भएको पत्रकार सम्मेलनमा मारिने बन्दुकधारी ४५ बर्षिय ग्यारी मार्टिन रहेको जानकारी गराएका छन् । उनले आक्रमण गरेको गोदाम घरका पूर्व कर्मचारी थिए । अरोराका नगर प्रमुखले यो दुखद घटना बताए । गभर्नरले पनि मृतक परिवार प्रति समबेदना प्रकट गरेका छन् ।

घटना घट्ने बित्तिकै सुरक्षाका गर्न प्रहरीहरु पुगेका थिए ।ताजा जानकारी अनुसार अहिले स्थिति सामान्य भै सकेको छ भने कुनै खतरा नभएको संचार माध्यमले जनाएका छन् । उक्त घटनालाई अझ थप सुरक्षा दिन एफबिआई ,एटिएफ ,युएस मार्सल तथा स्थानीय प्रहरीहरुले तैनाथ रहेका छन् । भर्खरै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीलाई धन्यवाद दिएका छन् ।

सिकागोको समय अनुसार ५:३० बजे पत्रकार सम्मेलन सम्पन्न भएको छ भने प्रहरीले उक्त सम्मेलनमा पत्रकारका सवाल लिएनन् । सिकागोको राती ९ बजे पुन पत्रकार सम्मेलन गर्ने र त्यस बेलामा पत्रकारहरुका प्रश्न लिने बताए ।

प्रतिक्रिया