मंगलबार, चैत १२ २०७५
काठमाडौं ०२:००
वासिङटन डिसी 16:15

अमेरिकामा राष्ट्रिय आपतकाल

अदालतमा जीत मेरो नै हुन्छ: ट्रम्प

यादवराज जोशी २०७५ फागुन ३ गते १६:३५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ले दक्षिणी सीमामा देखिएको मानवीय संकट, लगाुऔषध र तस्करी नियन्त्रण गर्न शुक्रबार राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । अमेरिकी काँग्रेसले सीमामा पर्खाल लगाउन ५.७ अर्ब अमेरिकी डलर बिनियोजन नगरेपछि उनले पत्रकार सम्मेलनमार्फत राष्ट्रिय आपतकाल घोषणा गरेका हुन ।

“सीमा नभई देश हुदैन । सीमामा पर्खाल आवश्यक छ,” उनले भने । डेमोक्र्याट पनि सुरक्षित सीमा चाहन्छन तर पर्खाल लगाउन चाहदैन । “यस्तो किन मैले बुझ्न सकेको छैन,” उनले भने । सीमा पर्खाल लगाउने पैसा भन्सार करको रुपमा मेक्सिकोबाट प्राप्त हुने पनि उनले दोहर्याए ।

राष्ट्रपति ट्रम्पले डिपार्टमेन्ट र ट्रेजरी र पेन्टागनको बजेट सीमामा पर्खाल लगाउने योजना बनाएको दि वासिड.टन पोस्टले जनाएको छ । सीमा पर्खाल बनाउन सेना र सेनाका परिवार साथै प्रविधी विकासमा हुने खर्च प्रभावित नहुने उनले बताए । “विभिन्न एजेन्सीमा खर्च नभएको पैसा सीमा पर्खालमा रकमान्तर गरिनेछ,” उनले भने ।

राष्ट्रय आपतकाल घोषणा लगत्तै यसको विरोध भएको छ । २०२० मा हुने राष्ट्रपति निर्वाचनकी प्रत्यासी कमला ह्यारिसले “राष्ट्रपतिको महत्वकांक्षी योजना पुरा गर्न राष्ट्रिय आपतकाल लगाउने निर्णय अचम्म लाग्दो छ”, ट्वीटमा भनेकी छन् । उनका अनुसार, बन्दुकबाट हुने हिंसा र अफिमको दुव्र्यसन सीमाको मानवीय संकटभन्दा कहाली लाग्दो छ ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकाल लगाउने विषयमाथि अदालतमा च्यालेन्ज भएपनि आफु नडराउने बताए । “नाईन्थ सर्किट कोर्टमा मुद्दा हाल्लान, अपिल कोर्ट हुदै सुप्रिम कोर्ट पुग्ला, जीत मेरो नै हुन्छ,” उनले भने । “सात इस्लामीक राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध नाईन्थ सर्किट कोर्टले खारेज गर्दा निकै हल्ला भयो तर सुप्रिम कोर्टले मेरो पक्षमा फैसला गर्दा मिडियाले लेखेन,” उनले आरोप लगाए ।

उनले मिडिया फेक भएको आरोप पटक पटक लगाए । सिएनएनका सम्वाददाताले सोधेको प्रस्नको उत्तर उनले दिएनन् । तर, “यु आर फेक मिडिया, सिट डाउन” भन्दै बस्न बाध्य पारे ।राष्ट्रपति ट्रम्प सधै झै मिडियाकर्मीसंग अभद्र किसिमले पेस भएका थिए ।

स्रोतः ह्वाईट हाउस लाईभ, सिएनएन, हिल पोस्ट, दि वासिड.टन पोस्ट

प्रतिक्रिया