मंगलबार, चैत १२ २०७५
काठमाडौं ०१:४४
वासिङटन डिसी 15:59

डीसीमा प्रेम दिवसको अवसरमा गायिका रिता श्रेष्ठको ‘सपनामा भए पनि ” म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७५ फागुन ३ गते १:४६ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी गायिका रिता श्रेष्ठको ‘सपनामा भए पनि ” म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोको छायाँकन अमेरिकामा गरिएको छ ।

गायिका श्रेष्ठको गीति भिडियो भर्जिनियाको आशबर्न शहरको नेपालीहरुद्वारा संचालित एभेरेस्ट किचेन नामांक चमेना गृहमा बिमोचन गरिएको छ । उक्त गीत को शब्द अरुण तिवारीको रहेको छ । यसको संगीत वरिष्ठ गायक तथा संगीतकार मधु छेत्रीले गर्नु भएको छ । स्वर गायिका रिता श्रेष्ठको रहेको छ ।

उक्त गीतमा कलाकारहरु राहुल केसी तथा रज्जु मानन्धरको अभिनय रहेको छ । सम्पादन ,निर्देशन लोचन मान श्रेष्ठको रहेको छ । कृष्ण श्रेष्ठ यस्का निर्माता हुन् भने अन्य साथ दिने कलाकारहरुमा रानी संग्रौला ,अन्जना कार्की ,बिष्णु श्रेष्ठ ,देव नारायण ,सुजन ,किशन तथा राजन रहेका छन ।

प्रतिक्रिया