भ्यालेन्टाइन्स दिवसमा अस्ट्रेलिया बाट द लेट रिग्रेट नामक लघु चलचित्र सार्बजनिक

इनेप्लिज २०७५ फागुन २ गते २३:३२ मा प्रकाशित

अस्ट्रेलियामा एक दशक भन्दा अघी देखी बसोबास गरिरहनु भएका ४ युवाहरुको समुह “द मास्क प्रोडक्सन्,डाउन अन्डर” को समाजलाई सन्देश प्रवाहित गर्ने उद्धेश्य का साथ आज १४ फेब्रुअरी भ्यालेन्टाइन्स दिवसमा एक छोटो अबधीको चलचित्र (SHORT MOVIE ) रिलिज गरेको छ ।

द लेट रिग्रेट (THE LATE REGRET ) नामान्करण गरिएको उक्त चलचित्रलाई अस्ट्रेलियाका गैर आवाशिय नेपाली संगठन (NRNA) ले पनि पूर्ण रुपमा साथ दिएको छ ।

अस्ट्रेलियाका गैर आवाशिय नेपाली संगठन (NRNA) का प्रबक्ता डिला खरेलका अनुसार यो चलचित्रले अस्ट्रेलिया मा रहेका नेपाली युवाहरुलाई मात्र नभई संसार भरका युवापिढीहरुलाई सकारात्मक सन्देश प्रबाह गर्ने धारणा दिएका छन ।

यस प्रोडक्सन् समुहमा मनिश जोशी नेवा (कथा, पटकथा तथा निर्देशक), किरण राइ ( ध्वनि अभियानता तथा इन्जिनियर ) अन्दाज राई (छाँयाकार तथा सम्पादक ) र सोम धोज गुरुङ (प्रकाश तथा उत्पादक सन्योजक )को भूमिका निर्बाह गर्नु भएको छ । उक्त चार जना सदस्य आ-आफ्नो बिधा मा पोख्त र निपूर्ण रहेकाले यो सन्देश मुलक छोटो अवधिको चलचित्रलाई बिशेष त महत्वपूर्ण रुपमा हेरिएको छ ।

द मास्क प्रोडक्सन्,डाउन अन्डर समूहलाईलाई सफलताको लागी हाम्रो तर्फबाट मुरी मुरी शुभकामना ।

चलचित्र हेर्नको लागि कृपया यस लिन्क मार्फत जानु होला ।

प्रतिक्रिया