मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२४
वासिङटन डिसी 08:39

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

इनेप्लिज २०७५ फागुन २ गते २३:१८ मा प्रकाशित

अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् ।

ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर, गंगादेवी घतानी, भक्ती गजमेर र भगिमाया कालिकोटेले २ फागुनमासो सहयोग रकम हस्तान्तरण गरेका हुन । सो रकम मध्ये ७५ हजार ओहायोको एक्रोनमा रहेको रोहन ज्वेलर्सले २ साता यता विभिन्न ब्यक्तिबाट संकलन गरेको उक्त ज्वेलर्सका प्रवन्धक भक्तीले बताएका छन् ।

दमक ३ का १ बर्षको बालक श्रेअन बराइलीको गत २३ मंसिरमा कोक्रोबाट लडेर भाँचिएको देव्रे खुट्टाको घाँडा मुनिको भाग शल्यक्रिया गरि काट्नु परेको थियो । उपचारमा करिव १५ लाख खर्च भइसकेको बालकका पिता रविन बराइलीले बताएका छन् । हाल उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

शिबिरका अग्नीपिडित, रोगी, सुत्केरीलाई सहयोग

पुनर्वास भएको १० वर्षपछि उत्तम रसाइली (३९) माघ अन्तिम साता ओहायो कोलम्बसबाट पश्चिम झापाको बेलडाँगी स्थित भुटानी शरणार्थी शिबिर आए, सहयोग लिएर । दुईसाता अघि त्यहाँ आगलागीबाट छाप्रो गुमाएका १२ परिवार सहित शिबिरमा रहेका सुत्केरी, अपाङ्ग र विरामीहरुलाई करिव २ लाख नगद वितरण गरे । अग्नीपिडित १२ शरणार्थीपरिवारलाई मात्र उनले १ लाख वितरण गरेका थिए । उक्त रकम कोलम्बसस्थित पाथिभरा ज्वेलर्सले जो फण्डको मद्दतमा संकलन गरेको उक्त ज्वेलर्सका प्रवन्धक समेत रहेका उत्तमले बताएका छन् ।

सन् २०१८ को अन्त्यसँग शरणार्थीलाई सहायता बन्द गरिएका कारण उनीहरुको अवस्था निकै दयनिय भएको छ । “निस्तो अलिनो खाएर यहि हालतमा १८ वर्ष बसेर अमेरिका गएको हुँ” उनी भन्छन्, “अहिले आफुलाई गरिखान केहि सजिलो भएकोबेला सकेको सहयोग गर्न जरुरी ठानेर रकम संकलन गरि आएको थिएँ ।” अमेरिकी राहदानीमा नेपाल आएका उत्तम २ फागुन राति काठमाडौंबाट अमेरिका फकिँदैछन् । उनी सन् २००८ को डिसेम्बरमा मोरङको शनिश्चरे शरणार्थी शिबिरबाट अमेरिका पुनर्वास भएका थिए ।

Rohan Jewelers -$100
Pratikshya jewelers -$80
Tara Sinchuri -$50
Deepak Lagun-$50
Kharga Tiruwa-$40
Santa gajmere -$30
Santabir Silwal -$30
Jeetan Ghataney -$25
Sanju subba -$ 25
Dhanisha Gajmer -$20
Puspa Gajmer -$20
Bishnu Gajmer -$20
Raju Gajmer -$20
Bal Ghataney -$20
Gopal Ghataney -$20
Bhoj Lakandri -$20
Dil Lakandri -$20
Akash Sunuwar -$20
Ratna Sinchuri-20
Birkha/aiti khewa -$20
Rajen Sinchuri -$15
Total $665

प्रतिक्रिया