मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२५
वासिङटन डिसी 08:40

शेर्पा किदुग अमेरिकाको नयाँ कार्य समिति चयन् गर्ने क्रममा तिब्र बिबाद

इनेप्लिज २०७५ फागुन २ गते २२:१२ मा प्रकाशित

संवाददाता/ न्युयोर्क ,शेर्पा किदुग अमेरिकाको नयाँ कार्य समिति चयन् गर्ने क्रममा तिब्र बिबाद तथा असन्तुस्टी उत्पन्न भएको छ। गत फेब्रअरी २ मा भएको अधिबेशनमा सस्थाको आर्थिक बिषय पारादर्शी नभएको तथा गएको ट्याक्स फाईल साधारण सभाबाट पारित नभईकन गरेको बारे उफस्थित सदस्यहरुले कुरा उठाउन्दा अधिबेशन तनाबपूर्ण बनेको र साम्य पार्न हाम्मे हाम्मे परेको थियो। एक कार्यकाल सकिएका उर्गेन शेर्पा पुन कार्य समितिमा आउन उम्मेदवारी दिएपछि १८ जनाले बिभिन्न आरोप सहित दावीबिरोध समेत पेश गरेका थिए।

सो बिषयमा लामो छलफल भएको थियो। यस अघि नै अध्यक्षको लागि दावेदार बनेका निबर्तमान सचिब इन्जिनिएर तेम्बा शेर्पाले यस अघि उर्गेन शेर्पाले आफु अब उम्मेदवार नबन्ने र तेम्बा शेर्पा नै भावी अध्यक्ष बन्ने बताउने गरेको र अहिले आएर स्वयम् उर्गेन शेर्पा आँफै अध्यक्ष बन्न चाहेको हुँदा असन्तुस्ठ बनेका ईन्जिनिएर तेम्बा शेर्पा र ओभर्सियर जाङ्बु शेर्पाले उर्गेन शेर्पाको कार्य समितिमा नबस्ने निर्णय गर्दै निर्वाचन समिति समक्ष सपथ ग्रहण अगावै राजिनामा पेश गरेका छन्। शेर्पा किदुगको बिधान अनुसार सुरुमा ११ जना सदस्य चुन्ने र ११ जना सदस्यमध्येबाट अध्यक्ष, महासचिब कोशाध्यक्ष लगायत पदहरु चुन्ने गर्दछ। ११ जना यसै अघि नै निर्बिरोध भएका थिए।

शेर्पा किदुगको चुनाव खासै प्रतिस्पर्धा नहुने हुनाले कार्य समितिमा बसी दिनुस् भनी खाता लगाई राख्नु पर्ने अवस्था बिगतमा रहेको थियो। पहिले पनि शेर्पाको कार्यकालमा बिवादहरु हुने गरेकाले आफुहरु फेरी पनि त्यस्ता बिवाद परेर काम गर्न गार्हो हुने उनीहरुको ठम्याई छ। शेर्पा किदुगको ईतिहासमा यस्तो चरम् बिवाद यस अघि कहिल्यै भएको थिएन, तर अहिले किन यस्तो भयो सायद् ब्यक्तीगत स्वार्थकै कारणले गर्दा यस प्रकारको स्थिति उत्पन्न भएको होला भन्छन् सदस्य शेर्पाहरु। शेर्पा किदुग अमेरिका नेपाली सस्थामध्ये एक स्थापित र गौरावन्वित सस्थाको रुपमा रहेको छ, अहिले आएर यो नियती देख्दा अमेरिकी शेर्पा समुदाय चिन्तित देखिन्छन्।

प्रतिक्रिया