दायाँ र बायाँ दुई नावालक च्यापेर ७५ वर्षीया जमुना हिउँदको चिसोमा शौचालयको बास, वडा अध्यक्षलाई कडा प्रश्न! प्रेम दिवस स्पेसल (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २ गते १२:२१ मा प्रकाशित

यो कस्तो बिडम्बना, कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी ७५ वर्षीया जमुना सुनार दुई नावालक नातीलाई च्यापेर अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएकि छिन । बुवा र आमालेनै दोस्रो बिवाह गरेर वेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका छन् ।

सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ ।

विद्यालयमा भएका दुई वटा मध्य एउटा प्रयोग बिहीन शौचालयमा सुनारका परिवार बस्ने गरेका छन्। ७५ बर्षिया सुनार भन्छिन ूनजिकै अर्को चर्पीबाट पनि दुर्गन्ध आउँछ । ‘बिहान बेलुकी विद्यालयको रेखदेख गर्छु, खाली चर्पीको कोठामा बस्छु भनेर अनुरोध गरेपछि दुख देखेर प्रयोग नभएको शौचालयमा बस्न दिएको,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताएका छन् । गत मंसिर देखि उनीहरु शौचालयमा बस्न थालेका हुन् ।

‘बुढेशकालले च्यापेपछि ज्याला मजदुरीको काम गर्न छाडे,’ जमुनाले दुख सुनाईन ‘बृद्धाभत्ता बाहेक अरु आम्दानीको स्रोत नभएपछि भाडा तिर्न नसकेर यहाँ बस्न थालेकी हुँ ।’ तीन कोठे शौचालयको एउटा कोठामा सुत्ने बज्यै नातीहरुले अर्को कोठालाई भान्छा कोठा बनाएका छन् । भान्छा र सुत्ने कोठाको बिचमा रहेको चर्पी भने प्रयोगमा छ ।

सरु सुनार को कडा आवाजमा यो भिडियो हेर्नुहोला :

सरु सुनारको म्यासेज जस्ताको तस्तै :
यो फोटो अहिले निकै भाइरल भएको छ, सबैले सेयर गर्नु भा छ, जति पीडा र गरिबी र अभाव खाली हाम्रै दलित समुदायमा आइपर्ने?? दुइटा नाति लिएर न आफ्नो जग्गा न बस्ने घर चर्पिमा बस्न बाद्य ७५ बर्सिया जमुना सुनार उफ … के भन्नू । मैले पत्रकार सन्तोष गौतमले लेख्नु भए पछि वहाँ सग कुरा गरे र आज फेरि वडा अध्यक्ष हिरा बहादुर थापासित कुरा गरे …/ वडा अध्यक्षले निशुल्क जग्गा उपलब्ध गराइदिने , र हामी सबैले सहयोग गरि एउटा बस्ने बाँस ( घर ) बनाइदिने यसको लागि सबैबाट सहयोग जुटाउने अभियान चाल्ने फाइनल भएको छ / उता जग्गा ब्यबस्था हुँदा बितिकै हामी काठमाडौबाट आमालाइ भेटन जाने छौ र घर बनाउने अभियान तिर लाग्ने छौ ।। देश बिदेशबाट धेरै भन्दा धेरै दाजुभाइले सहयोग गर्न मन गर्नु भाछ ,, तपाईंहरुले हिजोको दिनमा जस्तै बिश्वास गरि मलाई सम्पर्क गर्न सक्नु हुने छ ।। भ्यालेन्टाइडेको दिन एउटा राम्रो कामको सुरुवात गरौ सरु सुनार ।।

प्रतिक्रिया